अन्तर्राष्ट्रिय योग दिवस आज , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं ।अन्तर्राष्ट्रिय योग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज मंगलबार भद्रकालीस्थित सैनिक मुख्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री रामकुमारी झाँक्री लगायतको सहभागिता थियो ।  कार्यक्रममा सर्वसाधारणहरुको पनि उल्लेखनीय सहभागिता थियो ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आजै बिहान काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा पनि प्रधानमन्त्री देउवा र सरकारका मन्त्रीहरू सहभागी भए ।संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।

You might also like
Comments
Loading...