युवा उद्यमी वसन्त लामा वडा अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस

दोलखा । युवा उद्यमी वसन्त लामा वडा अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दोलखा मेलुङ गाउँपालिका वडा नं ३ को वडा अध्यक्षको उम्मेदवारका लागि उनी पार्टीबाट सर्र्वसम्मत सिफारिस भएका हुन् ।

एमालेको बिहीबार भएको वडा भेलाबाट अध्यक्षका लागि सर्वसम्मत सिफारिस गर्ने सम्पूर्णप्रति लामाले आभार व्यक्त गरेका छन् । लामा द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सञ्चालक हुन् ।

You might also like
Comments
Loading...