मुख्य समाचार
१ माघ २०८२ ९:१३
खबर सेवा · More from author
‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’
खबर सेवा
चितवन। केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहनुभएको थियो । एकदिन छाडा छोडिएको एउटा कुकुर उहाँहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुग्नुभयो । हतारिदैँ चोट लाग्ने गरी लखेट्नुभयो । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उहाँहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे ।
सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिनुभयो । आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरेँ । माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लिन निधो गरे । ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पु¥याउनु भएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको बताउनुभयो । उहाँका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उहाँकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लैजानुभएको हो ।
ढकालले भन्नुभयो, “कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पु¥याएर पठाएको हुँ । गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ ।”
गत जुनमा उहाँहरू यहाँ आउनुभएको थियो । दुई साता सोही होटलमा बस्ने क्रममा यो घटना भएको थियो । ढकालका अनुसार त्यतिबेला दुवै जना पूर्वनिर्धारित कार्यसूचीका कारण कुकुर रेखदेखका लागि एक जना व्यक्तिलाई जिम्मा लगाएर जानुभयो । उहाँले भन्नुभयो, “पशु चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखियो । पछि फिट टू फ्लाइटको अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो । उक्त कुकुर अमेरिकाको कोलोराडोमा पुगेको छ ।”
कुकुर अमेरिका पु¥याउने सबै प्रक्रिया पूरा गर्दा अमेरिकन आमाछोरीले १० हजार अमेरिकन डलरभन्दा बढी खर्च गरेको ढकालले सुनाउनुभयो । “मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने उनीहरूबाट थाहा पाएँ । अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखेको खबर र स्वास्थ्य परीक्षण गरेर बाहिर हिँडाइएको तस्बिर र भिडियो पठाएपछि म पनि ढुक्क भएको छु”, ढकालले भन्नुभयो ।
–––
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते
काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...
३० फागुन २०८२ १९:१९
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
३० फागुन २०८२ १४:०१
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
३० फागुन २०८२ १४:००
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...
३० फागुन २०८२ १३:५९




