मुख्य समाचार

सुनसरीमा मालवाहक ट्रक पल्टँदा पाँचजनाको मृत्यु

काठमाडौँ। सुनसरीमा मालवाहक ट्रक पल्टँदा पाँचजनाको मृत्यु भएको छ । भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा बिहीबार ९माघ १० बिहान ट्रक दुर्घटना हुँदा पाँच कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको सुनसरीका एसपी केशवकुमार थेवेले जानकारी दिए । उनीहरू मार्बलमाथि बसेका थिए ।

दुर्घटनामा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङको मृत्यु भएको हो । उनीहरू सबै सुनसरीकै बर्जु गाउँपालिका–१ का बासिन्दा भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा तीनजना सामान्य घाइते भएका छन्। दुर्घटनालगत्तै फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

दीपक खड्कालाई ७ दिन थुन्न अनुमति

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई काठमाडौं जिल्ला अदालतले ७ दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश...

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...