प्रमुख खवर

युनिग्लोवद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सम्पन्न

काठमाडौं । व्यवस्थापन शिक्षामा अग्रणी पहिचान बनाउन सफल युनिग्लोव कलेजद्वारा आयोजित ‘नवौँ अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन’ सम्पन्न भएको छ । कलेज प्राङ्गढमा आयोजित सम्मेलनको उद्घाटन बुधबार भएको हो भने बिहीबार समापन भएको छ ।

कार्यक्रममा अमेरिका, फ्रान्स, स्लोभेनिया, मलेसिया, भारत लगायत ६ वटा देशका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले जानकारी दिए । ‘कार्यक्रममा ७ सय भन्दा बढी विद्यार्थीको सहभागिता रह्यो,’ उनले भने, ‘सम्मेलन अपेक्षा अनुसार सफल भएको छ ।’

विद्यार्थीलाई उद्यममा लाग्न प्रेरणा प्रदान गर्ने, आत्मविश्वास बढाई क्षमता अभिबृद्धि गराउने लगायतको लक्ष्यसहित कलेजले सम्मेलन आयोजना गरेको कलेजका प्राचार्य डा. नरबहादुर विष्टले जानकारी दिए ।

कार्यक्रममा विभिन्न देशका प्रतिनिधिले आआफ्नो विचार राखेका थिए भने विद्यार्थीले रिसर्च पेपरसमेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...

कस्तो छ मौसम?

कस्तो छ मौसम?

काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...