आदिकवि भानुभक्त क्याम्पसमा वार्षिक रु २१ लाख छात्रावृत्ति वितरण
काठमाडौं । व्यास नगरपालिका-१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छात्रावृत्तिमा खर्च गर्ने गरेको छ ।
गरिब तथा जेहेन्दाहर करिब चार सय विद्यार्थीलाई सो रकम बराबरको छात्रावृत्ति वितरण गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
उक्त क्याम्पसमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा ९० प्रतिशत छात्राको बाहुल्यता रहेको छ भने ७२ प्रतिशत जनजाति, १८ प्रतिशत दलित र दश प्रतिशत अन्य छन् ।
त्यसैगरी उक्त क्याम्पसमा रु ३५ लाखको अक्षयकोष स्थापना गरेको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्ष ब्रह्मादत्त तिमिल्सेनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यस आर्थिक वर्ष क्याम्पसको कोषमा आम्दानी भएको रकममध्ये उक्त रकमको अक्षयकोष स्थापना गरेको हो । उक्त रकमबाट आएको ब्याजले क्याम्पसबाट निवृत्त भैजाने प्राध्यापक र कर्मचारीलाई उपदान प्रदान गरिने सो क्याम्पस प्रशासनले जनाएको छ ।
केही वर्षअघि घाटामा रहेको उक्त क्याम्पसले ऋणमुक्त भई नियमित रुपमा मासिक तलब भुक्तानी गर्दै आएको छ । हाल क्याम्पसले रु दुई करोड ५० लाख ‘बैंक ब्यालेन्स’ रहेको क्याम्पसले जनाएको छ ।
उक्त कोषमा बर्सेनि रकम थप्दै वृद्वि गर्दै लैजाने योजना रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । जिल्लाका सामुदायिक क्याम्पसहरुमध्ये अक्षयकोष स्थापना गर्ने उक्त क्याम्पस नै पहिलो भएको बताइएको छ ।
पूर्णकालीन २९ र आंशिक ३७ गरी ६६ जना प्राध्यापक र १५ जना कर्मचारी कार्यरत छन् । आयव्ययमा पारदर्शिता बनाउन आगामी साउन १ गतेदेखि क्याम्पस परिसरमा बैंकको शाखा राख्ने तयारी भइरहेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिए ।
बैंकको शाखा स्थापनाका लागि व्यासको रु ३० लाख आर्थिक सहयोगमा भवन निर्माण गरिसकिएको छ । विद्यार्थीबाट लिइने शुल्क पनि आउँदा दिनमा बैकिङ प्रणालीबाट लिने योजना बनाइएकोे क्याम्पस प्रशासनले जनाएको छ ।
ताजा अपडेट
-
१.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
२.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
३.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
-
४.
एमाले प्रदर्शनमा लाठी प्रहारबाट एक घाइते
-
५.
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




