पर्साका सबै पालिकाद्वारा विपद् न्यूनीकरणका लागि कार्ययोजना
काठमाडौं । पर्सामा विपद् न्यूनीकरणका लागि जिल्लाका १४ पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् ।
आउँदै गरेको वर्षाको समयलाई मध्यनगर गरी जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा पर्साका सबै पालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री व्यस्थापन तथा कार्ययोजना बनाउन थालेका हुन् ।
जिल्लाका सबै पालिकामा विपद् व्यवस्थापनका लागि आगामी समयको सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन निर्देशन गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
त्यसअनुसार सबै स्थानीय तहले सात दिनभित्र विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गर्नुपर्ने, मनसुन आइसकेकाले छिट्टै कार्ययोजना बनाइ विपद् व्यवस्थापन समितिलाई जानकारी गराउनुपर्ने, पर्सामा रहेका बस्तीमध्ये उच्च जोखिममा रहेका बस्ती पहिचान गरी विपद्का बेला स्थानान्तरण गर्दा आवश्यक पर्ने भाँडाकुडा, कपडा, औषधि, पानी स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने, प्रत्येक गाउँपालिकाले रबर बोट, डोरी, लाइफ ज्याकेट, स्ट्रेचर, बेल्चा, पिकअप, नाइलनको डोरी, टर्चलाइट, पञ्जा खरिद गर्नुपर्ने सबै पालिकाको योजना छ ।
यसैगरी पर्सामा रहेका खोलानालाबाट घर, बस्ती, खेत कटान हुने अवस्था रहेकोले सोको पहिचान गरी सिँचाइ डिभिजन कार्यालयमार्फत तटबन्धको व्यवस्था मिलाउनुपर्ने, सबै स्थानीय तहमा रहेका नाला, कल्भर्ट, टर्सरीको सरसफाइ तत्काल अघि बढाउन सबै पालिकालाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिइसकेको हो ।
जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




