प्रमुख खवर

शिक्षा सेवा आयोगद्वारा गण्डकी प्रदेशका ४१ शिक्षकलाई बढुवा {सूचीसहित}

काठमाडौं । नेपाल सरकार शिक्षक सेवा आयोग अन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले ४१  शिक्षकहरूलाई बढुवा गरेको छ।

निर्देशनालयले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षक बढुवा गरिएको सूचनामा जानकारी दिएको छ । बढुवाका लागि निवेदन परेका मध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकलाई बढुवा गरिएको सूचनामा जनाएको छ ।

निर्देशनालयले यदी बढुवा उपर चित्त नबुझे ३५ दिनभित्र शुल्क तिरेर निर्देशनालयमा उजुरी दिन सकिने पनि सूूचनामा जानकारी दिएको छ ।पर्वतमा मावितर्फ एक र निमाविमा दुई शिक्षक बढुवा भएको निर्देशनालयले जनाएको छ। कास्कीमा मावितर्फ पाँच शिक्षक बढुवा भएका छन्।

स्याङ्जामा निमावितर्फ पहिलो श्रेणीका तीन जना शिक्षक बढुवा भएका छन् भने मावितर्फ दुई शिक्षक बढुवा भएका छन् । लमजुङमा माध्यमिक तहतर्फ पहिलो श्रेणीमा एक जना शिक्षक बढुवा भएका छन्।

तनहुँमा निमावितर्फ तीन शिक्षक बढुवा भएका छने भने मावितर्फ पनि तीन शिक्षक बढुवा भएका छन्।गोरखाका निमावि दुई शिक्षक बढुवा भएका छन्। नवलपरासी सुस्ता पूर्व मावितर्फ एक शिक्षक मात्रै बढुवा भएका छन् ।

बागलुङमा मावितर्फ दुई र निमावितर्फ दुई शिक्षक बढुवा भएका हुन्। म्याग्दीमा निमावितर्फ एक, मावितर्फ दोस्रो श्रेणीका तीन शिक्षक र प्रावितर्फ पहिलो श्रेणीका तीन शिक्षक बढुवा भएका छन्।

मुस्ताङमा निमावितर्फ दोस्रो श्रेणीका दुई शिक्षक र मावितर्फ दुई जना नै बढुवा भएका छन्। मनाङमा निमावितर्फ तीन जना शिक्षक बढुवा भएका छन्।

सूची :

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...