मुख्य समाचार

प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन एमाले सचिवालय बैठक भोली बस्ने

काठमाडौं। फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार भोली माघ ३ गते दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार मनोनयनको कार्यक्रम भएकोले एमालेले भोली ३ गते उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यस अघि नै उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन् । जस अनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ । हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेद्वार अघि बढाउने भएको छ।

शाहीका अनुसार दुर्गमा भेकमा रहेका उम्मेद्वारहरुलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले भोली सचिवालय बैठक बसेर उम्मेद्वारी टुंग्याउन लागेको हो । यस अघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेद्वार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पति पक्राउ

पर्सा। हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार...

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...