महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति विघटन गर्न पाउँछः पुष्पा भुसाल
काठमाडौँ। गगन थापा नेतृत्वको नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेसमा हाल देखिएको विवाद कुनै विवादको विषयवस्तु नै नभएको टिप्पणी गर्नुभएको छ ।
आधिकारिकता सम्बन्धि जानकारी दिनका लागि शुक्रवार निर्वाचन आयोगमा पुग्नुभएकी उहाँले काँग्रेसमा विवादको भन्दा विधानको विषयवस्तु महत्वपूर्ण भएको बताउनुभएको हो । उहाँले विधानको प्रक्रियालाई नै अनुशरण गरेर विशेष महाधिवेशन गरिएको दाबी गर्नुभयो ।
उहाँले काँग्रेसको विधानले महाधिवेशन प्रतिनिधिलाई शक्तिशाली बनाएको उल्लेख गर्नुहुँदै महाधिवेशन प्रतिनिधिले केन्द्रिय समिति विघटन गर्न पाउने बताउनु भयो । उहाँले आयोगलाई नेपाली काँग्रेसको विशेष महाधिवेशन प्रक्रियाअनुसार भएको छ कि छैन भनेर हेर्न मात्रै आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले जुन कुराहरु अगाडी आईरहेको छ । हामीलाई लाग्छ, यो कुनै विवादको विषयवस्तू हुँदै होईन । यो विधानको विषयवस्तु हो । विधानको प्रक्रियालाई अनुशरण गरेर नेपाली काँग्रेसले आफ्नो विधिवत् ढंगबाट विशेष अधिवेशन ग¥यो कि गरेन । त्यो प्रश्न चाहीँ अहं विषयवस्तु हो । हाम्रो विधानले हाम्रो महाधिवेशन प्रतिनिधिलाई सार्वभौम शक्तिशाली संस्थाको रुपमा स्वीकार गरेको छ, हाम्रो विधानले । त्यो विधानभन्दा माथि कोही पनि छैन, नेतृत्व पनि छैन । महाधिवेशनभन्दा माथि न हाम्रो महासमिति छ, नत केन्द्रिय समिति छ, न केन्द्रिय कार्यसम्पादन समिति छ । महाधिवेशन प्रतिनिधिको निर्वाचनबाटै केन्द्रिय कार्य समितिको चयन हुन्छ । महाधिवेशन प्रतिनिधिको प्राकृतिक न्यायको सिद्धान्तअनुसार जसले जन्म दिन्छ, उसले विघटन पनि गर्न पाउँछ । यो सर्वमान्य सिद्धान्त हो, यसलाई सबैले स्वीर्कान पर्छ ।’
उहाँले महाधिवेशन प्रतिनिधि भन्दा माथि नेतृत्व, कार्यसम्पादन समिति, केन्द्रिय कार्यसमिति वा महासमिति कोही पनि नहुने बताउनु भयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
वञ्चित समुदायसँग माफी माग्ने सरकारको निर्णयले किरण विक खुसी
-
३.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
४.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
५.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
६.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...
एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग
ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...
केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...




