फागुन २१ मै निर्वाचन हुन्छ, मैले त टिकट समेत बाँडेर आइसके : प्रचण्ड
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम निर्वाचन घोषित मितिमै हुने भन्दै कसैले आशंका नगर्न नहुने बताउनुभएको छ । शुक्रवार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताउनुभएको हो । उहाँले मुलुक जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको भन्दै यसको समाधान निर्वाचन एकमात्र विकल्प भएको बताउनुभयो।
संयोजक दाहालले गत भदौ २३ र २४ गतेको जेनजी विद्रोह र विध्वंसपछि देश असाधारण अवस्थाबाट गुज्रिरहेको भएपनि विस्तारै राजनीतिक प्रक्रिया अगाडि बढ्न थालेको बताउनुभयो । उहाँले आफूले बिहीवार काठमाडौंमा प्रत्यक्षतर्फको निर्वाचनको लागि टिकट समेत वितरण गरेर आइसकेको भन्दै निर्वाचन हुने नहुने भन्ने प्रश्नमा अल्झिनुभन्दा राम्रो तयारीका साथ अघि बढ्न अपिल गर्नुभयो ।
उहाँले भन्नुभयो,‘गएको भाद्र २३ र २४ को जेनजी विद्रोह र विध्वंसपछि देश असाधारण जटिल र चुनौतीपूर्ण परिस्थितिमा छ । हामी अहिले निर्वाचनको मुखमा छौँ । यहाँ म र प्रमुख जिल्ला अधिकारी बस्दाबस्दै मानिसहरु सबैले चुनाव हुन्छ र भनेर मानिसहरु ले सोधिरहनुभएको छ । मैले हुन्छ भने । पहिले संविधान सभाको निर्वाचनको बेलमा पनि भोलिको दिनमा निर्वाचन भएको अवस्थासम्म निर्वाचन हुन्छ र भन्नेहरु थिए । अब त चुनाव हुन्छ । समानुपाति सूचि पनि गइसक्यो । प्रत्यक्ष निर्वाचितको मनोनयन गर्ने दिन पनि आइसक्यो । मैले त आफ्नो दलको तर्फबाट हिजोदेखि टिकट बाड्न सुरु पनि गरिसकेँ । हिजो काठमाडौंमा टिकट बाँडेर आएको । सरकारले जे गरिरहेको छ, राजनीति दलहरु पनि अगाडि बढिरहेका छन् र जनता पनि चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ । म तपाईहरुलाई पनि चुनाव हुन्छ कि हुन्न भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीका साथ अगाडि बढ्न अपिल गर्न चाहान्छु । चुनाव हुनैपर्छ, अर्को कुनै विकल्प छैन ।’
मुलुक, संविधान र व्यवस्थाको रक्षाका लागि आफूहरुले ठुलो संघर्ष गर्नुपरेको स्मरण गदै उहाँले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न समेत अपिल गर्नुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
२.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
३.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
-
४.
ओलीको टिप्पणी : निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय
-
५.
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
काठमाडौँ। वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग...
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन...
खोला किनारमा चितुवा मृत फेला
बागमती। मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ । खोला किनारमा स्थानीयले सोमबार साँझ...
उपत्यकाभित्रका उम्मेदवारसँग बाक्लो भेटवार्तामा छन् बालेन
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको...




