नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलद्वारा पदभार ग्रहण
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । उनलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।
पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरे ।
सो अवसरमा उनले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरुलाई आम जनताको सहज र सुलभ पहुँचमा पु¥याउनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने बताए । उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
पदभार ग्रहण गर्दै उनले नेपाल सरकारको सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहँुचमा पु¥याउने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहमं दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाका रुपमा कायम राख्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।
प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत थिए । उनले सो केन्द्रमा सन् २००४ देखि कार्यरत रही कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी वहन गरिसकेका छन् ।
उनले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
आइटी कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार डलरसम्म नि:सर्त सटही सुविधा
काठमाडौं।नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आइटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी...
नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर
काठमाडौं।नेपाल टेलिकमले आजदेखि फाइबर विद्यार्थी अफर सुरु गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ मा वार्षिक डेटा सेवा...
मानव मिनी–मस्तिष्कले चलाउँदैछ नयाँ पुस्ताको कम्प्युटर ‘वेटवेयर’
काठमाडौं। सुरम्य स्विस सहर भेवेको एक आधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाका स–साना गुच्छाहरूलाई जीवित राख्न आवश्यक पोषक तत्वयुक्त...
शाओमी १५टी मोबाइ नेपाली बजारमा
काठमाडौं। स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा...




