बागमती प्रदेशसभा बैठक आज बस्दै
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ वजे बस्दैछ ।प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिए ।
प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कूल बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पूँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
फेवातालबारे प्रधानमन्त्रीको चासो, अतिक्रमण हटाइँदै
लेखनाथ। प्रधानमन्त्री बालेन्द्र शाहले पर्यटन नगरी पोखरामा पर्ने फेवातालमा भएको अतिक्रमण हटाउने अभियानबारे जानकारी लिनुभएको छ । सरकारले सार्वजनिक...
कपिलवस्तुमा लगाइएको निषेधाज्ञा हटाइयो
कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका २ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय तौलिहवाले...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...
‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
फेवातालको कञ्चन पानीमा माछापुच्छ्रेको छायाँ त देखिन्छ, तर त्यही तालको किनारमा भेटिने आम नागरिकका आँखामा भने भविष्यको छायाँ अझै...




