मुख्य समाचार

अबदेखि काठमाडौं महानगरकाे ‘कमाण्ड’सुनिताले सम्हाल्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिनुभएको छ। उहाँले आज(आइतबार) मेयर पदबाट आजकै मितिदेखि लागू हुने गरि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिनुभएको हो।

मेयर शाहले राजीनामा दिएसँगै अबदेखि काठमाडौं महानगरको कमाण्ड उपप्रमुख डंगोलले सम्हाल्नु हुने छ। अब उहाँ करिब डेढ वर्ष कार्यवाहक मेयरको रुपमा रहनुहुनेछ। र,सरकारले उपनिर्वाचन नगराएको खण्डमा मात्रै।

स्थानीय तह निर्वाचन ऐन, २०७३ (केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५) मा कुनै कारणबाट मेयर लगायतका जनप्रतिनिधिको पद रिक्त भए बाँकी अवधिका लागि आयोगको परामर्श लिइ सरकारले तोकेको मितिमा उपनिर्वाचनद्वारा पूर्ति हुने व्यवस्था छ।

तर त्यो बाँकी अवधि एक वर्षभन्दा कम भए उपनिर्वाचन नगर्ने व्यवस्था पनि त्यही ऐनमा उल्लेख छ। यो अवस्थामा एक वर्षभन्दा बढी समय बाँकी हुने रहेकाले उपनिर्वाचन गर्न कानुनले रोकेको छैन। त्यसो त उपनिर्वाचन नभएको खण्डमा उपप्रमुख डंगोलनै पुरै बाँकी समय कार्यवाहक मेयरकाे जिम्मेवारीमा रहेर महानगरको बागडोर सम्हाल्नु हुनेछ।

यता,वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन नेकपा एमालेका अध्यक्ष एवं पूवप्रधानमन्त्रीको निर्वाचन क्षेत्र ‘झापा क्षेत्र नम्बर ५’ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै हुनुहुन्छ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...