मुख्य समाचार

देउवा कांग्रेसद्वारा सर्वोच्चमा दर्ता भएको मुद्दा टुंगा नलागेसम्म निर्वाचनका सबै कार्यक्रम स्थगित गर्न माग गर्दै आयोगमा निवेदन

काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा टुंगा नलागेसम्म निर्वाचनका सबै कार्यक्रम स्थगित गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

आइतबार कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा निवेदन दिएका हुन्। मुख्य सचिव पौडेलसँगै पूर्वमहान्यायधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन्।

निवेदनमा भनिएको छ, ‘सर्वोच्च अदालतमा उत्प्रेष्ण परमादेश समेत रिट निवेदन दर्ता गरी आगामी माघ ६ गतेको पेशी समेत तोकी पाएको हुँदा उक्त मुद्दाको सम्बन्धमा न्याय निरोपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मनोनयन लगायतका सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरी पाउँ भनि निवेदन लिई उपस्थित भएको छु।’

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ मा मान्यता दिएको थियो। त्यसका विरुद्ध देउवा पक्षले आइतबार बिहान सर्वोच्च अदालतमा रिट दायर गरेको छ। त्यसमाथि सर्वोच्च अदालतले माघ ६ मा सुनुवाइ तोकेको छ। निर्वाचन कार्यक्रम अनुसार माघ ६ मै उम्मेदवारी दर्ताको मिति तय गरिएको छ।

कांग्रेसको विवादलाई लिएर प्रमुख राजनीतिक दलले पनि मनोनयन दर्ताको समय सार्न माग गरेका छन्। आइतबार नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि मनोनयनको मिति सार्न आग्रह गरेका हुन्। यसबारे निर्वाचन आयोगले छलफल गरिरहेको जनाइएको छ।

 

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएको...

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड

काठमाडौँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउन निर्देशन दिनुभएको...

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

एमाले अध्यक्ष ओलीको रिहाइ गर्न माग

ताप्लेजुङ। नेकपा एमाले ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार...

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका...