मुख्य समाचार

आफूसँग चुनाव लड्न बालेनलाई महेशको निम्तो

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहलाई भक्तपुर क्षेत्र नम्बर २ मा चुनाव लड्नका लागि चुले निम्तो दिनुभएको छ । आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले बालेनलाई आफूसँग चुनाव लड्न आउन चुले निम्तो दिनुभएको हो।

‘बालेनजी महोत्तरी र झापा होइन, आउनुस् भक्तपुरमा । चुनाव लड्नका लागि चुले निम्तो दिन्छु । भक्तपुर क्षेत्र नम्बर २ मा आउनुस्, हिम्मत छ ? मैले निम्तो दिए,’– उहाँले भन्नुभयो।

बालेनले झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारी गर्नुभयो। उक्त क्षेत्र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन लड्दै आएको ठाउँ हो । बालेन र ओलीबीच झापा ५ मा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको अवस्थामा एमाले सचिव बस्नेतले बालेनलाई आफूसँग पनि चुनाव लड्न नसक्ने दाबी गर्नुभएको छ।

सम्बन्धित समाचार

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा

काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...