प्रमुख खवर

आमसञ्चारबारे मानिसलाई बुझाउन विज्ञको सुझाव

काठमाडौं । सञ्चार र पत्रकारिताका विज्ञहरुले आम जनतामा सञ्चार साक्षरता वृद्धि भएमा सञ्चार माध्यमबाट प्रवाह हुने समाचार सही र गलतबीचको विभेद छुट्याउन सहज हुने औल्याएका छन् ।

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको आमसञ्चार समितिले आज आयोजना गरेको ‘मिडिया लिटेरेसी’ विषयक सङगोष्ठीमा पत्रकारमा पनि जनताबाट आउने प्रतिक्र्रिया र बुझाइलाई आत्मसात गर्न सक्ने हुनुपर्ने बताइएको हो ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्य र काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख डा सुधाम्शु दाहालले कार्यपत्र प्रस्तुत गर्दै मिडियामा भएका परिवर्तन र डिजिटल युगका कारणले मिडिया लिटेरेसीमा पनि परिवर्तन भएकाले जनताले सञ्चारमा विगतको तुलनामा धेरै जान्ने बुभ्ने भइसकेको स्थिति सकारात्मक भएको बताए ।

महासंघका अर्का पूर्वअध्यक्ष डा सुरेश आचार्यले ठूला भनिएका मिडियाबाट बेला बेलामा स्वार्थवश वा गलत स्रोतका कारण गलत सूचना सम्प्रोण गरेको उदाहरण प्रस्तुत गर्दै त्यस्ता कमजोरीमा स्रोत र पाठकको खबरदारी महत्वपूर्ण हुने बताए ।

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका सहप्राध्यापक डा कुन्दन अर्यालले पत्रकार आचारसंहितालाई बढीभन्दा बढी जनताबीचमा लान सकिएमा उनीहरुले सञ्चारमाध्यमबारे आफैले विश्लेषण गरेर बुझ्ने सक्ने अवस्था आउने बताए ।

समितिका संयोजक हरिगोविन्द लुइँटेलको अध्यातामा भएको कार्यक्रममा युनेस्को आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारीले युनेस्कोका आयाममध्ये सञ्चार र प्रेस स्वतन्त्रता पनि एक मुख्य आयाम भएमाले सञ्चारबारेको बुझाइलाई व्यापकता बनाउन आवश्यक रहेको बताए ।

छलफलमा पत्रकारहरु अखण्ड भण्डारी, शेषकान्त पण्डित, माधव तिवारी, रुपेश आचार्य, जन्दमेव जैसीलगायतले भाग लिँदै मिडिया लिटेरेसीको व्यापकता र विस्तारमा नीतिगत तहबाटै पहल हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...