प्रमुख खवर

कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एच आर ट्रेनिङ’ सम्पन्न

काठमाडौं। कुमारी जबद्वारा सञ्चालित “प्रोफेसनल एच आर ट्रेनिङ” सफलतापुर्वक सम्पन्न भएको छ ।

नेपालका विभिन्न प्रतिष्ठित संस्थाका अनुभवि र दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको ट्रेनिङको यो पहिलो ब्याच हो । विभिन्न संघ–संस्थामा कार्यरत अनुभवि व्यक्तित्व देखि मानव संसाधनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको सहभागिता रहेको यस प्रशिक्षण २४ दिन सम्म सञ्चालन भएको थियो ।

शेर्पा हस्पिटालिटी ग्रुपका एच आर भाईस प्रेसिडेन्ट भुवनराज जोशी, लक्ष्मी ग्रुपका सहायक महाप्रबन्धक कृष्णबहादुर सिंह, डिस मिडिया नेटवर्कका एचआर एण्ड एडमिनिस्ट्रेशन हेड नेहा जोशी, माछापुच्छ्रे बैंक लिमिटेडका ऋचा पाण्डे र एशियन पेन्ट्सका सुधीर ढुंगेल लगायत अन्य प्रतिष्ठित संस्थानका अनुभवि व्यक्तित्वहरुद्वारा प्रशिक्षण प्रदान गरिएको थियो ।

कुमारी जबका प्रबन्ध निर्देशक श्री सन्देश भण्डारीले भने ,“नेपालको मानव संसाधन क्षेत्रमै हामीले नयाँ प्रयोग गरेर प्रशिक्षण सञ्चालन गरेका छाैं र पहिलो सत्रमै यस्तो उत्साहजनक सहभागिता देखेर मलाई खुशी लागेको छ । मलाई आशा छ कि यस तालिममा सहभागि सम्पूर्ण प्रशिक्षार्थीहरुले अझै धेरै काम लाग्ने कुरा सिक्नुभएको छ, जुन वहाँहरुले व्यवहारमा उतारेर आफ्नो कार्यस्थलमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ । यस्तो किसिमको तालिमले व्यक्तिको संगठनात्मक र अन्तर–व्यक्तिगत सीप मात्र विकास नगरि सङ्गठनको समग्र उत्पादकत्वमा पनि वृद्धि हुन्छ ।”

एक संस्थानको हैसियतमा आफ्नो कर्मचारीहरुलाई कसरी राम्रो सेवा सुविधा दिन सकिन्छ र कर्मचारीहरुबाट पनि कसरी संस्थाले फाईदा लिन सक्छ भन्ने उद्धेश्यले प्रशिक्षणमा सहभागि भएको एक सहभागिले बताए ।

प्रशिक्षण अन्तरक्रियामुलक, जानकारीमुलक र रमाइलो भएको उनीहरुको प्रतिकृया थियो ।तालिमको पहिलो ब्याचको बृहत सफलतापछि कुमारी जबले असार १४ गतेदेखि दोस्रो ब्याच पनि सञ्चालन गरिरहेको छ ।

इच्छुक व्यक्तिहरूले कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सकिने छ । एच् आर ट्रेनिङको साथ-साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण सन्चालन गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...