मुख्य समाचार

काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी

काठमाडौं। काठमाडौं-१ मा नेपाली कम्युनिस्ट पार्टीकोतर्फबाट युवा नेतृ कृतु भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ।

उहाँले केही समयअघि निर्वाचन आयोग पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो। उनी लामो समयदेखि समाजसेवा र पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो।

उहाँ यसअघि रुस-युक्रेन युद्धमा नेपालबाट सेनामा रहेका नेपालीको जीवन रक्षाका लागि समेत आह्वान गर्ने नेतृमा पर्नुहुन्छ। सेनामा रहेका नेपाली फिर्ता गर्न माग गर्दै अभियान समेत चलाउनुभएको थियो।

लामो समय पत्रकारितामा समेत क्रियाशिल उहाँ यसअघि नेकपा एकीकृत समाजवादीमा हुनुहुन्थ्यो। उहाँका साथै यश क्षेत्रबाट  नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत पार्टीका उम्मेवारहरूले मनोनयन दर्ता गराउनुभएको छ। यसका अलावा एमालेबाट मोहनराज रेग्मी, राप्रपाबाट रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराउनुभएको छ।

सम्बन्धित समाचार

पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ

पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ

काठमाडौँ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा मतदातालाई पैसा बाँडेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार राति क्षिरेश्वरनाथ...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ

निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ

काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर...