प्रमुख खवर

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ :मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित ऐनरकानुन, आर्थिकलगायत संरचना तयार गरिरहेको बताए ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रको रुपमा विकास गर्ने मन्त्री कार्कीको थियो ।

उनले भने, “चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ वटै जिल्लामा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता पाउने छ ।” चलत्रिच क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो । उनले अबको पुस्तालाई दक्षिण एसियाकै धनी पुस्ताको रुपमा अगाडि बढाउने गरी मुलुकको आर्थिक विकास गर्नुपर्नेमा जोड दिए ।

सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने उद्देश्य अनुरुप विदेशी चलचित्र घरमा प्रदर्शन गर्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।

उनले प्रर्याप्त अध्ययन गरेर समय सुहाउँदो दर्शकको चाहाना अनुरुपको गुणस्तरी चललिच निर्माणमा ध्यान दिन अपिल गरे । बोर्डका सदस्य सचिव टंक महतले बोर्डकै पहलमा कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्रबारे समावेश गरी अहिले अध्ययन भइरहेको जानकारी दिए ।

कार्यक्रममा ‘उत्कृष्ट कर्मचारी सम्मान-२०७७’ कार्यलय सहयोगी हरिबहादुर केशी र सहायक खरिदार सिर्जना रायमाझीलाई प्रदान गरिएको थियो ।

पुरस्कारको राशि क्रमशः १५ र २५ हजार रुपैयाँ रहेको छ । त्यसैगरी २०७८ सालको उत्कृष्ट कर्मचारी पुरस्कार सहायक खरिदारद्वय रेणुमाया लामा र रञ्जन अधिकारीलाई प्रदान गरिएको थियो ।

पुरस्कारको राशि १५ र २५ हजार रुपैयाँ रहेको छ । बोर्डले भुवन केसी, डा भोला रिजाल, सानुकुमार ताम्राकार, राजाराम पौडेल, शिव ढकाल र किरणकुमार केसीलगायत ६२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...