शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
सिन्धुपाल्चोक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नुभएका शेरबहादुर तामाङले सार्वजनिक पदमा बसेका सबै व्यक्तिहरूको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उम्मेदवार तामाङले सार्वजनिक व्यक्तिको सम्पत्ति गोप्य रूपमा बुझाउने अभ्यास गलत भएको उल्लेख गर्दै जनताको निगरानीमा आउने गरी सम्पत्ति सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको हो। ‘सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘म संसदमा जाने उद्देश्य नै यस्ता कानुन निर्माण र त्यसको कार्यान्वयनका लागि लड्नु हो।’
उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी संरचना बलियो बनाइनुपर्नेमा जोड दिनुभएको छ। कमिसन व्यक्ति वा निजी खातामा होइन, राज्यको खातामा जाने व्यवस्था हुनुपर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि विशेष कानुन आवश्यक रहेको बताउनुभएको छ। ‘भ्रष्टाचार गर्न पाइँदैन, कमिसन खान पाइँदैन,’ उहाँले भन्नुभयो, ‘मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने अभियानमै लाग्ने हो।’
उम्मेदवार तामाङले हाल विद्यमान खरिद ऐनकै कारण ठुलो मात्रामा भ्रष्टाचार हुने गरेको दाबी गर्दै सो ऐनमा तत्काल संशोधन आवश्यक रहेको बताउनुभएको छ। ‘कसैले भाषण गरेर मात्र भ्रष्टाचार अन्त्य हुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि स्पष्ट र कडा कानुन चाहिन्छ, र म त्यसका लागि निरन्तर लाग्छु।’
उहाँले भ्रष्टाचारविरुद्धको अभियानमा दलगत आग्रह–पूर्वाग्रह नरहने स्पष्ट पार्दै आफ्नै पार्टीका नेता वा कार्यकर्ताले समेत भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुनुपर्ने धारणा राख्नुभएको छ। ‘मेरो पार्टीका नेताले पनि भ्रष्टाचार गरेको छ भने त्यसको कारबाहीका लागि सबैभन्दा अगाडि म नै उभिन्छु,’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उम्मेदवार तामाङले सुशासन, पारदर्शिता र कानुनी शासनमार्फत मात्र जनताको विश्वास जित्न सकिने उल्लेख गर्दै सिन्धुपाल्चोक–२ का मतदातासँग भ्रष्टाचारविरुद्धको स्पष्ट एजेन्डामा साथ दिन आग्रह गर्नुभएको छ।
ताजा अपडेट
-
१.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
२.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
-
३.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
-
४.
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
-
५.
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
ट्रेन्डिङ
सम्बन्धित समाचार
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ
काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...
उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध गरेको छ। आयोगले निर्वाचन लोकतन्त्रको अभिन्न अङ्ग मात्र नभएर...
सर्लाहीमा खटिएका मतदान अधिकृतको मृत्यु
काठमाडौं। प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका एक मतदान अधिकृतको मृत्यु भएको छ । सर्लाहीको पर्सा...




