प्रमुख खवर

राससलाई निष्पक्ष समाचार संस्थाको रुपमा थप विकसित गर्छु : कार्यकारी अध्यक्ष झा

काठमाडौं ।  राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससलाई राष्ट्रको आवाज बोक्ने निष्पक्ष, स्वतन्त्र र आधिकारिक समाचार संस्थाको रुपमा थप विकसित गरिने जानकारी दिएका छन् ।

आज बिहान भद्रपुरस्थित रासस झापा कार्यालयको निरीक्षण गर्दै उनले रासस जनताको करबाट सञ्चालित सरकारी निकाय भएको हुँदा यसको सेवा जनमुखी, पूर्वाग्रहमुक्त र देशको आवाजबाहक बन्नुुपर्छ भने ।

“म अहिले राससको अवस्था र सम्भावनाका बारेमा अध्ययन गरिरहेको छु, केही कोणबाट रासस निष्पक्ष भएन भन्ने आरोप आउने गरेको सुनिरहेको छु”, उनले भने, “राष्ट्रको प्रतिष्ठा जोडिएको संस्था भएकाले राससकर्मीले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर निष्पक्ष र साझा बनेर काम गर्नुपर्दछ ।”

राससको समाचार अझ बढी विश्वसनीय, जनमुखी र खोजमूलक बनाउन आफ्नो भूमिका रहने जनाउँदै उनले राससको ग्राहक र पाठक वृद्धिका लागि कार्ययोजना ल्याइने बताए ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत लोकराज भट्ट, महासङ्घ झापाका पूर्वअध्यक्षद्वय गोविन्द्रचन्द क्षेत्री र मोहन काजी, महासङ्घका केन्द्रीय पार्षद ज्ञानेन्द्र निरौलाले समेत रासस कार्यालयको निरीक्षण गरे ।

रासस झापा कार्यालयकी प्रमुख चन्द्रकला भण्डारीले उक्त अवसरमा राससको स्थानीय अवस्था, अवसर र चुनौतीका विषयमा जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...