मुख्य समाचार

महेश्वरले बागी उम्मेदवारी फिर्ता नगरेपछि हरिबोललाई प्रचण्ड-माधवको निर्देशन ; तत्काल अनाधिकृत उम्मेदवारी फिर्ता गराउनू

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले नेता हरिबोल गजुरेललाई सिन्धुली–२ बाट बागी उम्मेदवारी दिएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता गर्न विशेष निर्देशन दिनुभएको छ।

शुक्रबार दुवै नेताले हस्ताक्षर गरेर गजुरेललाई लिखित निर्देशन दिनुभएको हो । गजुरेल नेकपाको आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध उठेका दाहालका प्रस्तावक हुुनुहुन्छ।

‘केन्द्रीय सदस्य कमरेड महेश्वर दाहालले पार्टी निर्णय विरुद्ध अनधिकृत रूपमा मनोनयपत्र दर्ता गरेको कार्यमा तपाईं प्रस्तावक रही सहयोग भएको पुष्टि भएकोले तत्काल उक्त अनधिकृत मनोनयपत्र फिर्ता गराई पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन तथा सहयोग गरी पार्टीको निर्णय कार्यान्वयन गर्न तपाईंलाई पार्टी केन्द्रीय कार्यालयको तर्फबाट विशेष निर्देशन जारी गरिएको छ’, प्रचण्ड र नेपालले दिएको निर्देशनमा भनिएको छ ।

 

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...