अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दिपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ ।
गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५ समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको केन्द्रीय सदस्य दिपक कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिती गठन गरिएको छ । कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग,केन्द्रीय विभाग (वर्तमान र निर्वतमान) हरुलाई जिम्मेवारी दिएको छ । कमिटीमा प्रदेश कमिटी सदस्य,प्रदेश लेखा कमिटी,विभाग र सल्लाहकारहरुलार्ई पनि परिचालन कमिटीमा समेटिएको छ ।
यसैगरी जिल्ला कमिटीका पदाधिकारी,विभागीय सदस्य,सल्लाहकार परिषदका सदस्यहरु पनि निर्वाचन परिचालन कमिटीमा छन् । यसैगरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधी पनि कमिटीमा रहेका छन् । यसैगरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् । यसैगरी क्षेत्रीय समन्वय,प्रदेश समन्वय कमिटीहरु पनि निर्वाचन परिचालनमा केन्द्रीत हुनेछन् ।
संयोजक दाहाल पार्टीको पोलिटव्यूरो सदस्य र पूर्वमन्त्री हुनुहुन्छ । उहाँ २०४८ साल देखि ओलीको चुनाव कमाण्डर हुनुहुन्छ । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुनुहुन्छ । संविधान सभाका दुवै निर्वाचनमा तत्कालिन झापा क्षेत्र नं ६ मा कार्की विजयी हुनुहुुन्थ्यो । कार्की २०५४–०५९ सालमा गौरादह गाविसको अध्यक्ष हुनुहुन्थ्यो । अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । उहाँ कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।
‘हाम्रा चुनावी कमाण्डर र सह कमाण्डर विगतमा निर्वाचन रणनीति बनाउने र त्यसको सफल कार्यन्वयन गर्ने नेता हुनुहुन्छ’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव नारायण गौतमले भन्नुभयो ‘उहाँहरुको नेतृत्वमा पार्टीका सबै कमिटी,कार्यकर्ताहरु परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रीत कार्यक्रम लिएर घरैघरै जान्छौं ।’
निर्वाचन परिचालनका लागि ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । गौतमका अनुसार वडा तथा टोलसम्मका प्रचार समिती आगामी माघ १२ गतेसम्ममा गठन गरिसक्ने निर्णय गरिएको छ ।
परिचालन कमिटी अन्तरगत रहने गरी गठन गरिएका ९ वटा उपसमिती मध्ये कार्यलय सञ्चालन उपसमितीको संयोजक नारयाण गौतम,प्रचार प्रसार सामग्री व्यवस्थापन उपसमिती होमबहादुर थापा,प्रचार प्रसार उपसमितीको संयोजकमा दिपक कार्की रहनु भएको छ ।
आर्थिक व्यवस्थापन उपसमितीको संयोजकमा रोमनाथ ओली,स्वंसेवक परिचालन उपसमितीको संयोजक गोविन्द थापा,प्रशासन समन्वय उपसमितीको संयोजक देवेन्द्र दाहाल रहनु भएको छ । यसैगरी सञ्चार ÷ क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितीको संयोजकमा इन्द्रप्रसाद भण्डारी,कानुनी परामर्श उपसमितीको संयोजक नारायण भट्टराई रहनु भएको छ ।
ताजा अपडेट
-
१.
निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा
-
२.
पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ
-
३.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
४.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
-
५.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा
काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा...
पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ
काठमाडौँ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा मतदातालाई पैसा बाँडेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार राति क्षिरेश्वरनाथ...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
निर्वाचनविरोधी गतिविधिमा संलग्न १७६ पक्राउ
काठमाडौं। देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका...




