संवेदनशील घडीमा पार्टीभित्र देखिने अभिव्यक्ति र गतिविधिले संगठनलाई कमजोर बनाउँछ : सुरेन्द्र पाण्डे
काठमाडौं। नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले निर्वाचनको संवेदनशील घडीमा पार्टीभित्र देखिने अभिव्यक्ति र गतिविधिले संगठनलाई कमजोर होइन, अझ मजबुत बनाउनुपर्ने बताउनु भएकाे छ।
पार्टीभित्रका असहमति र आलोचनालाई सार्वजनिक रूपमा तन्काउनु उपयुक्त नभएको उल्लेख गर्दै उहाँले नेतृत्व र कार्यकर्ताले पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिनुभएको छ। नेता पाण्डेले अहिलेको समय आपसी टिप्पणी र खण्डनमा अल्झिने होइन, साझा लक्ष्यतर्फ केन्द्रित हुने भएको स्पष्ट पार्नुभएकाे छ। ‘निर्वाचनको यस संवेदनशील घडीमा पार्टीलाई एकढिक्का बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो; यस्तो बेला नेतृत्वका अभिव्यक्तिहरूले कार्यकर्ताको मनोबल घटाउने होइन, बरु सबैलाई जोड्ने ऊर्जा प्रदान गर्नुपर्दछ,’ उहाँको भनाइ छ।
पार्टीभित्र देखिने असहमति र मतभेदलाई संस्थागत ढंगले समाधान गर्नुपर्ने धारणा राख्दै पाण्डेले आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नु राजनीतिक परिपक्वताको सङ्केत नहुने उल्लेख गर्नुभएकाे छ। ‘आफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता हो,’ उहाँले भन्नुभएकाे छ।
नेता पाण्डेले पार्टी निर्णयलाई स्वीकार गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताउनुभयो। उहाँले टिकट वितरणको ‘क्याल्कुलेसन’ लाई पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गरिएको उल्लेख गर्दै त्यस विषयमा अनावश्यक टिप्पणी गर्नुको अर्थ नरहने धारणा राख्नुभयो। ‘टिकट वितरणको क्याल्कुलेसनलाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार गर्यौं,’ उहाँले भन्नुभयो, ‘तर एमालेलाई जिताउने हाम्रो साझा सङ्कल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन।’
नेता पाण्डेले पार्टीभित्र वैचारिक असहमति हुनु स्वाभाविक भए पनि त्यसलाई आधार बनाएर व्यक्ति वा समूहप्रति पूर्वाग्रह राख्नु आफ्नो राजनीतिक संस्कार नभएको स्पष्ट पार्नुभयो। ‘मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन्,’ उहाँले भन्नुभयो, ‘मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन।’
पार्टीभित्रका टिप्पणी र प्रतिटिप्पणीमा समय खेर फाल्नुभन्दा अहिले संगठन र उम्मेदवारको जित नै पहिलो प्राथमिकता भएको नेता पाण्डेको भनाइ छ। उहाँले आफू एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको बताउनुभयो। ‘टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु,’ उहाँले उल्लेख गर्नुभएकाे छ।
ताजा अपडेट
-
१.
खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल
-
२.
सुरक्षा लापरबाही गर्ने सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो
-
३.
पूर्वप्रधानमन्त्री देउवा हङकङतिर
-
४.
इरानद्वारा संयुक्त अरब इमिरेट्सलाई आफ्नो क्षेत्रबाट इरानविरुद्व आक्रमण गर्न नदिन चेतावनी
-
५.
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
खाडी युद्ध नेपालको अर्थतन्त्रका लागि गम्भीर चुनौती : अध्यक्ष अग्रवाल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले खाडी युद्ध नेपालको अर्थतन्त्रको लागि गम्भीर चुनौतीको रूपमा देखा पर्नसक्ने बताउनुभएको...
यही पारा हो भने एमालेको सिट संख्या स्कुटरमा अट्ने जति हुन्छ : सुरेन्द्र पाण्डे
काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कमजोरी सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने जति...
इस्लाम धर्मावलम्वीहरूले हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
काठमाडौँ। इस्लाम धर्मावलम्वीहरूको महान पर्व इद उल फित्र आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । एक महिना लामो पवित्र रमजान...
नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
काठमाडौँ। पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति...




