‘युवा उद्यमशीलतामा लगानी वृद्धि गरिनुपर्छ ’
काठमाडौं । जिल्ला युवा समितिले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणमा युवाशक्तिलाई उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको युवा परिषद्को सहकार्यमा सोमबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा समाज परिवर्तनको मेरुदण्डका रूपमा रहेका युवालाई केन्द्रित गरी उद्यमशीलताको विकास गर्नुपर्नेमा सहभागीले सुझाए ।
बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले मगरले युवालाई नीति निर्माणदेखि नेतृत्वदायी भूमिकामा ल्याउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्ने बताइन् ।
उनले निश्चित उमेर समूहका युवालाई उचित व्यवस्थापनका साथै सही मार्गनिर्देशन गर्नुपर्ने जनाउँदै सरकारले युवा उद्यमशीलताका क्षेत्रमा लगानी बढाउनुपर्ने बर्ताइन् ।
नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, नेपाल पत्रकारमहासङ्घ केन्द्रीय आम सञ्चार तथा प्राज्ञिक विभागका सदस्य कृष्णराज गौतम, नेपाल स्काउटको प्रशिक्षक सन्तोष गिरीलगायतले युवाहरूलाई आर्थिक, सामाजिक, उद्यमशील, स्वास्थ्य एवं खेल क्षेत्रमा थप सशक्त बनाउनुपर्नेमा जोड दिए ।
काठमाडौं जिल्ला युवा समितिका अध्यक्ष रुपा थापा मगरले मुलुकको समृद्धिका लागि युवालाई आर्थिक सशक्तीकरण गर्नुपर्ने जानउँदै यसका लागि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने बताइन् ।
उक्त प्रदेशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका ३० युवालाई प्रदान गरिएको प्रकोप व्यवस्थापन र समाजसेवाका क्षेत्रमा प्रदेशस्तरीय स्वयंसेवक तालिमका प्रशिक्षार्थीलाई महासेनानी मुनाल बस्नेतले प्रमाणपत्र प्रदान गरे । ‘सिर्जनशीलता र युवा उद्यमशीलता प्रवद्र्धन बागमतीमाः युवा सशक्तीकरण’ भन्ने नारासहित तालिम प्रदान गरिएको थियो
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




