प्रमुख खवर

‘श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उनले गिरिजाबाबु श्रमिक नेता थिए ।

उनले संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको हकहितमा उभिन सहज हुने बताए । आजको प्रतिस्पर्धात्मक बजारमा युनियनको भूमिका ज्यादै रहेको उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपाल टेलिकमभित्र आबद्ध कर्मचारीको हक–अधिकार रक्षाका लागि नेपाल टेलिकम वकर्स युनियनले सराहनीय काम गर्दै आएको बताए । उनले व्यवस्थापन र कर्मचारीबीचको सेतुको भूमिका युनियनले खेलेको उल्लेख गरे ।

नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेश समितिका अध्यक्ष अच्युत ओझा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंका पूर्वअध्यक्ष गणेश भट्टराईलगायतले नेपाल टेलिकमभित्रको समस्या समाधानका लागि व्यवस्थापन र कर्मचारी युनियन सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

 

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...