‘श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उनले गिरिजाबाबु श्रमिक नेता थिए ।

उनले संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको हकहितमा उभिन सहज हुने बताए । आजको प्रतिस्पर्धात्मक बजारमा युनियनको भूमिका ज्यादै रहेको उनको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपाल टेलिकमभित्र आबद्ध कर्मचारीको हक–अधिकार रक्षाका लागि नेपाल टेलिकम वकर्स युनियनले सराहनीय काम गर्दै आएको बताए । उनले व्यवस्थापन र कर्मचारीबीचको सेतुको भूमिका युनियनले खेलेको उल्लेख गरे ।

नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेश समितिका अध्यक्ष अच्युत ओझा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौंका पूर्वअध्यक्ष गणेश भट्टराईलगायतले नेपाल टेलिकमभित्रको समस्या समाधानका लागि व्यवस्थापन र कर्मचारी युनियन सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

 

You might also like
Comments
Loading...