प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन् ।
कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला श्रमिक स्मृति भवन अनामनगरमा निर्माण गरिएको सो अर्धकदको शालिकको आज बिहान प्रधानमन्त्री देउवाले अनावरण गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले गिरिजाबाबु कहिल्यै नथाक्ने नेता मात्र होइन मिलनसार पनि भएको बताएका छन् । “कठिन राजनीतिक आरोह, अवरोह पार गर्नुभएका कोइरालाले नेपालमा लोकतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ, उहाँ युगपुरुष र शिखरपुरुष हुनुहुन्छ”, सभापति देउवाले भने ।
प्रधानमन्त्री देउवाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गर्नुभएको विराटनगरस्थित जुटमिलमा ऐतिहासिक सङ्ग्रहालय बनाउन सरकार सकारात्मक रहेको बताए । उनले हतियार उठाएर सशस्त्र विद्रोह सुरु गरेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको ठूलो योगदान रहेको स्मरण गरे ।
“गिरिजाबाबुले अगाडि सार्नुभएको सहमति, सहकार्य, एकता आजको दिनमा पनि उत्तिकै सान्दर्भिक छ”, उनले भने। म जे बोल्छु, त्यही गर्छु भन्ने गिरिजाबाबुको अडान भएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।
कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए । उनले संविधानको रक्षाका लागि आजका दिनमा गठबन्धनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । उपसभापति गुरुङले स्वर्गीय कोइराला कुशल सङ्गठनकर्ता भएको बताए ।
कांग्रेस नेत्री सुजाता कोइरालाले श्रमिकको दुःख बुझ्ने नेता गिरिजाबाबु भएको बताइन् । नेत्री कोइरालाले गिरिजाबाबुले मजदूर आन्दोलन सुरु गरेको विराटनगरस्थित जुटमिलभित्रका ऐतिहासिक सामग्रीलाई सङ्ग्राहलय स्थापना गरी संरक्षण गर्नुपर्नेमा जोड दिए ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदूरको हक, अधिकार रक्षाका लागि नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री गिरिजाबाबुको शालिक अनावरण गर्न पाएकोमा खुसी व्यक्त गरे ।
विसं २०४७ मा स्थापना भएको ट्रेड युनियन कांग्रेसमा हाल २७ सङ्घ आवद्ध रहेको ट्रेड युनियनका उपाध्यक्ष अजयकुमार राईले जानकारी दिए । ट्रेड युनियन कांग्रेसमा हाल चार लाख श्रमिक आवद्ध छन् । आज अनावरण गरिएको अर्धकदको शालिक पाटन औद्योगिक क्षेत्रका कलाकार धर्म शाक्यले निर्माण गरेका हुन् ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




