मुख्य समाचार

कुलमानको प्रतिवद्धताः जेन–जी शहीदको भावनाअनुसार काम गरेँ, उनीहरुको बलिदान खेर जान दिनेछैन

काठमाडौँ। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेन–जी शहीदको भावनाअनुसार आफूले काम गर्ने बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री हुँदा पनि जेन–जीको भावनाअनुसार काम गरेको र आगामी दिनमा पनि सोही कुरालाई निरन्तरता दिने जिकिर गर्नुभयो ।

उहाँले आफू जेन–जी शहीदको अन्त्येष्टिदेखि उपचाररतहरुको अवस्थाबारे पनि जानकारी लिँदै सबै कुरामा सहभागी भएकाले धेरै कुरामा जानकार रहेको बताउनु भयो । जेन–जीको बलिदानलाई मर्न नदिने र त्यसका लागि आगामी निर्वाचनमा आफूहरु उज्यालो पार्टी नेपाल दर्ता गरेर निर्वाचनमा होमिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शहीद परिवारको भावना मैले पनि बुझेको छु, धेरै ठाउयँमा पुगेको छु । आर्यघाटमा पुगेको छ । मलाई धेरै पीडा हुन्थ्यो । हामीले बोल्ने भन्दा पनि भावनाले बुझेर काम गरेका थियौँ । मैले मन्त्री भएको नाताले सकेको काम जति गरेको छु । स्ट्याच्यु र जेन–जी पार्क बनाउने बारेमा केही समय लाग्यो र त्यो काम अब आउने सरकारले निरन्तरता दिनेछ । आगामी सरकारको नेतृत्वको लागि संसदमा हामी उपस्थित हुनका लागि उज्यालो पार्टी नेपाल दर्ता गरेर आएका छौँ । शहीदहरुको सपना पूरा गर्नकै लागि हामी राजनीतिक क्षेत्रमा आएर केही न केही योगदान दिनुपर्छ भन्ने हिसावले आएका छौँ । सबै नेपाली जनता, शहीद परिवारको साथ सहयोग हुनेछ भन्ने विश्वास छ । सधैँ मेरो प्रयास शहीद परिवारको दुःखमा साथ दिनेछु ।’

उहाँले शहीद परिवारसँग आफ्नो पार्टीले दीर्घकालीन रुपमा सहयो गरेर अघि बढ्ने प्रीतवद्धता जनाउनु भयो ।–न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत

काठमाडौं  नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...

पीएम कप : गण्डकीमाथि बागमती विजयी

पीएम कप : गण्डकीमाथि बागमती विजयी

काठमाडौं।  बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै

दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...