अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम काम गर्न शिक्षामन्त्रीको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वद्र्धन गर्नेगरी काम गर्न युनेस्को नेपाल आगगलाई आग्रह गरेका छन् ।
युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेशनको रोडम्याप’ अनुसार नीति, सुशासन, लगानी, सहभागिता समावेशीकरण, समानता र गुणस्तरका क्षेत्र पहिचान गरी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धताबमोजिम युनेस्को पनि काम गर्नुपर्ने बताएका हुन् ।
युनेस्को आयोगले स्वतःस्फूर्तरुपमा हुने अनुसन्धानमूलक र वैज्ञानिक कार्यलाई प्रोत्साहन गर्नेगरी अन्तर्राष्ट्रिय दातासँग सहकार्य पनि आग्रह गरेका छन् ।
मन्त्री पौडेलले सोच, लक्ष्य, गन्तव्य र स्पष्ट रणनीतिसहित व्यापक र व्यावहारिक हुनेगरी कार्यक्रम गर्न सघाउ पुग्नेगरी आयोगको विधान परिमार्जन गर्न पनि सुझाव दिए ।
आयोगका महासचिव एवं मन्त्रालयका सचिवलगायत उच्च अधिकारी र विज्ञ सहभागी बैठकमा आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
डा अधिकारीले आगामी आर्थिक वर्षमा नेपाल सरकार संस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युनेस्को काठमाडौँ, स्थानीय सरकार र सम्बन्धित विषयमा कार्य गरिरहेका राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समन्वय र आर्थिक, भौतिक र प्राविधिक सहयोगमा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण विषयक राष्ट्रिय सम्मेलन र बृहत् प्रदर्शनी कार्यक्रम आयोजना गरिने र राष्ट्रिय संस्कृति नीति परिमार्जनमा सक्रिय भूमिका निभाइने बताउनुभयो ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




