संसद् शून्य समय : कर्णालीका बालबालिकालाई पाठ्यपुस्तक उपलब्ध गराउन माग
काठमाकौं । कर्णाली प्रदेशका बालबालिकालाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन माग गरिएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद दुर्गा गुरुङले कर्णालीमा अझै पनि बालबालिकाले पाठ्यक्रपुस्तक नपाएकाले पाठ्यपुस्तक माग गरेका हुन् ।
“कर्णालीका बालबालिकाले अझै पूर्णरूपमा पाठ्यपुस्तक पाउन सकेका छैनन्” उनले भने, “त्यसैले तत्काल पाठ्यपुस्तक उपलब्ध गराइयोस् भनी माग गर्दछु ।”
यस्तै उनले सुर्खेत नगरपालिकाका १६ वटै वडामा पक्की सडक बन्न नसकेको, पटक–पटक बिजुली जाने समस्या रहेको भन्दै यी विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद गुरुङले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर मल वितरण गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद मोहम्मद खालिनले किसानलाई दू्रतमार्गमार्फत मलको व्यवस्था गर्नुपर्ने धारणा राखे । सांसद उदयबहादुर बोहराले गए राति करिब साँझ ८ बजे सल्यानको छत्रेश्वरी गाउँपालिका-६ का स्थानीय व्यापारी विद्याभूषण डाँगीको घरमा बिजुली सर्ट भई घर र पसलमा क्षति भएकाले निजलाई क्षतिपूर्तिको माग गरे ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...




