वैदेशिक रोजगारीको प्रलोभन दिई ठग्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले रु पचहत्तर हजारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका-३ घर भई हाल वीरगञ्ज महानगरपालिका-१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु रहेको प्रहरीले जनाएको छ ।
कानुले विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारमा निःशुल्क टिकट र भिसामा विदेश पठाइदिन्छु भन्दै प्रलोभन देखाएर रु २५ हजारदेखि रु दुर्ई लाखसम्म रकम ठगेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कानुको डेराबाट नेपाली रु तीन लाख र भारतीय रुपैयाँ एक लाख ४८ हजार नगद तथा आइएमईका कागजातसहित नियन्त्रणमा लिई ठगीसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
कानुले रकम हात पार्न आफ्नो नागरिकता प्रयोग नगरी अन्य व्यक्तिको नागरिकताको प्रतिलिपि प्रयोग गरेर आइएमईमार्फत रकम झिकेको उजुरीका आधारमा डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ताजा अपडेट
-
१.
एनआरएनएलाई प्रधानमन्त्रीको आह्वान : नेपालको सद्भावना दूतका रूपमा रहेर मुलुकको विकास र समृद्धिमा योगदान दिनुहोस्
-
२.
श्रीराम ग्यास उद्योगले छ हजार सिलिन्डर लुकाएको भेटियो, ३ लाख जरिवाना
-
३.
यी हुन् प्रतिनिधिसभाका समानुपातिक सांसद
-
४.
धनराज गुरुङको निष्कर्ष : घर जलाएर आगो ताप्न थाल्दा कांग्रेस हार्यो
-
५.
कालीकोटमा करेन्ट लागेर एकको मृत्यु
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
कस्तो छ मौसम?
काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान गण्डकी,...
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...




