वाग्मती प्रदेशको सहयोगमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने
काठमाडौं । वाग्मती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने भएको छ । संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।
नेपाल चिकित्सक संघसँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो । संघको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा संग्रहालय स्थापना गर्ने निर्णय भएको वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
संग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्रीको संग्रह गरिने छ। संग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ । नेपालमा प्रयोग भएको पहिलो अल्ट्रासाउन्ड, इसिजी, माइक्रोस्कोपलगायत सामग्री संग्रहालयमा राखिने संघका अध्यक्ष डा लोचन कार्कीले बताए ।
स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ । केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको संघले जनाएको छ ।
नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, संघका निर्णय पनि संग्रहालयमा राखिने जनाइएको छ। संग्रहालयले स्वास्थ्य पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ। प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रवर्द्धनको काम गरिरहेको बताइएको छ ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
-
३.
दुई सातादेखि बेपत्ता थिङको शव फेला
-
४.
ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
-
५.
सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई
-
६.
ओली-लेखकलाई अनुसन्धान गर्न १० दिनको समय माग
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बालेन मन्त्रिपरिषद्मा सुदनको तेस्रो वरीयता
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




