प्रमुख खवर

हत्या आरोपित चार जना पुर्पक्षका लागि कारागार चलान

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालत अछामले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

जिल्ला अदालतले हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका पृथ्वी शाही, वीरेन्द्र शाही, महेन्द्र शाही र देवेन्द्र शाहीलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

गएको वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृतावस्थामा भेटिएका थिए । उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलका नगरप्रमुख अम्बिका चलाउने, वडा नं ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

सरकारी वकिलको कार्यालयले नगरप्रमुख अम्बिका चलाउनेसहित तीन जनाविरुद्ध मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो । प्रहरीले नगरप्रमुख चलाउने, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको भन्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...