नेपालले भने : ‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन् । अहिले थर्कमान नहुनु । मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ ।’

केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएका थिए । त्यसतर्फ लक्षित गर्दै सो कुरा बताएका छन् ।

उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले सङ्गठन विस्तार लगायतमा ध्यान दिइरहेको बताएका थिए ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धन सरकार नभएको भए अमेरिकी स्टेट प्रोग्राम (एसपीपी) पारित हुने बताएका थिए ।

उनले सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने पनि बताएका थिए ।प्रदेश सभामा एकीकृत समाजवादी ठुलो दल रहेकोले सरकार बन्नु स्वभाविक हुने बताए ।

You might also like
Comments
Loading...