प्रमुख खवर

नेपालले भने : ‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन ’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।

धनगढीमा सोमबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

‘चुनावअघि हाम्रो कुनै पनि पार्टीसँग एकता हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएका छन् । अहिले थर्कमान नहुनु । मुटुको धड्कन नबढाएर ढुक्क भएर बसे हुन्छ ।’

केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र चुनावअघि नै एकता हुने भन्ने खबर आएका थिए । त्यसतर्फ लक्षित गर्दै सो कुरा बताएका छन् ।

उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले सङ्गठन विस्तार लगायतमा ध्यान दिइरहेको बताएका थिए ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धन सरकार नभएको भए अमेरिकी स्टेट प्रोग्राम (एसपीपी) पारित हुने बताएका थिए ।

उनले सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने पनि बताएका थिए ।प्रदेश सभामा एकीकृत समाजवादी ठुलो दल रहेकोले सरकार बन्नु स्वभाविक हुने बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...