प्रमुख खवर

बाँसपानीको पिङमा पर्यटकको आकर्षण बढ्दो

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाको गोदावरी धाम, गोदावरी पुल र आधुनिक पिङ हेर्न तथा खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ ।

सुदूपश्चिमका सात पहाडी जिल्ला जोड्ने गोदावरीमा अहिले विभिन्न पर्यटकीय क्षेत्र हेर्न आउने पर्यटकको ठूलो भीड लाग्न थालेको छ ।

गोदावरी-४ बाँसपानीमा नयाँ पिङ खोलिएपछि आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्ने गरेको छ । गोदावरी पुलदेखि दुई किलोमिटर माथि पहाड रोड नजिकै रहेको पिङ खेल्नेको भीड लाग्न थालेको छ ।

करिब रु २५ लाखको लगानीमा खोलिएको सो पिङ खेल्न अहिले दैनिक २०० को हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । बढिजसो शनिबार धेरै भीड लाग्ने गर्दछ । पिङप्रति आकर्षण बाह्यभन्दा पनि आन्तरिक पर्यटकको मुख्य रोजाइ छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आधुनिक पिङ सञ्चालनमा आउँदा यहाँको पर्यटकीय क्षेत्रमा विशेष टेवा पुग्ने स्थानीयको भनाइ छ । प्रसिद्ध गोदावरी धाम नजिकै पिङ रहेको हुँदा अझै पर्यटक संख्या बढी हुने गरेको छ ।

बाँसपानी पुगेका धनगढीका गजेन्द्र भट्टले भने, “चुरे त्यसै पनि आन्तरिक पर्यटकका लागि रमाइलो ठाउँ हो, त्यसमा पनि आधुनिक पिङले गर्दा अझ पर्यटक बढ्ने छन् ।”

पिङ तराई र पहाडको बीचमा हुँदा अझै सौन्दर्यता बढेको छ । प्रदेशमै पहिलो पटक आधुनिक पिङ सञ्चालन गरेर पर्यटक आकर्षित भइरहेका छन् । आधुनिक पिङ सञ्चालनमा ल्याइएको दुई हप्ता मात्रै भएको सञ्चालक पुस्कर जोशीले बताए ।

गोदावरी पर्यटकीय क्षेत्र भएकाले यसलाई अझै प्रभावकारी बनाउनुपर्छ भन्ने उद्देश्यले आधुनिक पिङ सञ्चालन गरिएको अर्का पिङ सञ्चालक हिक्मत महराले जानकारी दिए ।

पिङ निर्माण गर्दा धेरै ठूलो लगानी र समय लागेको जनाउँदै उनले आगामी दिनमा पिङसँगै जिपलाइन पनि सञ्चालन गर्ने योजना रहेको बताए । आधुनिक पिङ खेल्न आउने एक जनाको रु ३०० र दुई जनाको रु ५०० शुल्क लगाउने गरिएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...