मुख्य समाचार

राजनीति भनेको प्रतिपष्पर्धा हो,प्रतिशोध होइन : हिक्मत कार्की

झापा। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताउनुभएको छ ।

दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव कार्कीले झापामा केही उम्मेद्वारहरु प्रतिष्पर्धा नभइ प्रतिशोध साँध्न मात्र आएको बताउनुभयो। ‘यहाँ केही साथीहरु प्रतिशोध साँध्न झापा ५ आएका छन् । उनीहरु यहाँबाट प्रतिष्पर्धा गर्न सिकेर जानुहुन्छ ’ कार्कीले भन्नुभयो ‘एमालेले सिद्धान्तको कुरा गर्छ । एमालेले जनताको कुरा गर्छ । एमालेले प्रतिशोधको राजनीति गर्दैन ।’

एमालेका उम्मेद्वार एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रमा २०४८ साल देखि नै प्रतिनिधित्व गरेकोले उहाँको योगदानमा यहाँका मतदाता जानकार रहेको कार्कीको भनाइ छ । ‘केपी ओलीलाई झापा ५ मा सामिप्यता छ । सम्बन्ध छ । माया छ । प्रेम छ ’ कार्कीले भन्नुभयो ‘अरु उम्मेद्वारले आफ्नो परिचय दिंदै हिड्नु पर्ने अवस्था छ । त्यसैले पनि यो एमालेका लागि सहज क्षेत्र हो ।’

सचिव कार्कीले केपी ओलीको निर्वाचन क्षेत्र भएकोले यस क्षेत्रमा राष्ट्रिय अन्तराष्ट्रिय चासो बढेको बताउनुभयो । कार्कीले जुनसुकै देशी वा विदेशी निकायलाई पनि यस क्षेत्रमा आएर निर्वाचनको माहोल हेरेर जान आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले २०४८ सालमा ओलीले चुनाव लड्दा यस क्षेत्रमा धुलौटे बाटो र पेट्रोलमेक्सको उज्यालोमा चुनावी कार्यक्रम हुने गरेकोमा अहिले अधिकांस सडक पिच,सबैक्षेत्रमा बिजुलीबत्ती पुगेको र अन्य पूर्वाधारका थुप्रै काम भइसकेकोले यहाँको जनताको रोजाइमा केपी ओली नै पर्नुहुने बताउनुभयो ।

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...