राससको श्रव्य दृश्य सेवा संघीय, प्रदेश र स्थानीय सरकारसम्म पुग्नुपर्नेमा जोड
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि औपचारिकरुपमा श्रव्य, दृश्य सेवा सञ्चालनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कार्यालय, भद्रकाली प्लाजाबाट औपचारिकरुपमा सो सेवा शुभारम्भ गरेका हुन् ।
यही साउन महिनाभर समितिले आफ्ना सेवाग्राहीलाई निःशुल्क श्रव्यदृश्य सामग्री उपलब्ध गराउने भएको छ ।राससका अध्यक्ष धर्मेन्द्र झाले यहाँबाट उत्पादित श्रव्य, दृश्यलगायत सबै प्रकारका समाचार सामग्री इच्छुक सञ्चारमाध्यमलाई समितिले जारी गरेको समाचार शुल्क निर्देशिका-२०६७ अनुसार न्यून शुल्कमा उपलब्ध गराउने जानकारी दिए ।
नियमित प्रसारणमा एकसय श्रव्य दृश्य संस्था छन् । आजदेखि सुरु भएको उक्त सेवाले ती संस्थालाई थप मद्दत पुग्ने राससका महाप्रबन्धक सिद्धराज राईले बताए ।
समितिले यसअघि नेपाली र अङ्ग्रेजीमा राष्ट्रिय सेवा , नेपाली र अङ्ग्रेजीमा अन्तर्राष्ट्रिय सेवा, फोटो र आलेख सेवा बिहान ६ बजेदेखि राति ११ बजेसम्म निरन्तर उपलब्ध गराउँदै आएको छ । प्रेस ट्रष्ट अफ इन्डिया (पिटीआइ), एशोशियट प्रेस (एपी), एशोशियट फ्रान्स प्रेस (एएफपी) र सिन्हवा समाचार समितिका समाचार तथा फोटो सेवा उपलब्ध गराउने रासस एकमात्र आधिकारिक समाचार समिति हो ।
समितिले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, विभिन्न प्रकारका अनलाइन सेवा प्रदायक संस्था, बिबिसी नेपाली सेवा, सरकारी तथा गैर सरकारी संस्थालाई समेत समाचार सेवा उपलब्ध गराउँदै आएको छ । समितिको स्थापना २०१८ मा भएको हो । एकसठ्ठी वर्षदेखि लगातार समाचार उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।
विश्वमा प्रत्येक राज्यको आआप्mनै समाचार एजेन्सी हुन्छन् । नेपालको समाचार समितिको नाम राष्ट्रिय समाचार समिति हो । छिमेकी मुलुक भारतमा समाचार संस्था पिटीआइ, चीनमा सिन्ह्वा, जापानमा क्योदो, बेलायतमा रोयटर्स र अमेरिकामो युपीआइ छन् ।
समितिको श्रव्यदृश्य सेवाले संघीय, प्रदेश र स्थानीय सरकारका सरोकार हुने शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि, साहित्य र संस्कृतिका क्षेत्रलाई प्राथमिकतामा राखी समाचार उत्पादनमा जोड दिनुपर्ने सञ्चार विज्ञहरुले बताए ।
ताजा अपडेट
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
अमेरिका–इजरायल र इरान युद्धको एक महिनाः विनाश र अनिश्चितता
-
३.
क्रोएसियामा भीषण आँधी
-
४.
संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखद्वारा इरानी विद्यालयमा भएको आक्रमणको अनुसन्धान निष्कर्षमा पुर्याउन आग्रह
-
५.
बन्ने भयो कृष्णबहादुरको घर : ‘गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ’
-
६.
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




