सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी घोषणापत्र बनाउँछौँ: कांगेस
काठमाडौँ। नेपाली काँग्रेसले सुशासन, विकास र भविष्य केन्द्रित यथार्थवादी तथा विश्वसनीय कार्यक्रम राखेर घोषणापत्र बनाउने बताएको छ ।
पार्टीका प्रवक्ता देवराज चालिसेले मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो । उहाँले घोषणामा मात्रै सिमित हुने घोषणापत्र नबनाउने बताउनु भयो । उहाँले काँग्रेसले केही समयभित्र पार्टीको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
नेपालको राजनितिमा काम कम कुरा धेरै गर्ने प्रवृति रहेको उल्लेख गर्नुहुँदै उहाँले काँग्रेसले गर्नसक्ने कामको आधारमा मात्रै घोषणापत्र तयार गर्ने बताउनु भयो । उहाँले गर्नसक्ने जति कामको मात्रै वाचा जनताको बीचमा गर्ने उल्लेख गर्नुभयो । उहाँले निर्वाचन क्षेत्रको आवश्यकताका आधारमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणापत्र बनाउने बताउनु भयो । उहाँले सबै एकजुट भएर निर्वाचनमा लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
आगामी निर्वाचनमा काँग्रेसको सरकार बन्नेगरि तयारी गर्न आग्रह गनुभयो । प्रवक्ता चालिसेले देशभरका १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरू रहेको बताउनु भयो । उहाँले विद्रोह गरेका केही उम्मेदवारले मनोनयन फिर्ता लिइसकेका र केही स्थानमा निष्क्रिय बनाएर आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पहल भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘केही समयपछि नै पार्टीले आफ्नो घोषणा पत्र सार्वजानिक गर्दैछ । स्थानीय रुपमा उम्मेद्वारहरुले पनि आफ्नो घोषणा पत्र तयार गर्नेछन् । घोषणापत्रमा विशेष गरी सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी र विश्वसनिय कार्यक्रम । घोषणाको लागी घोषणा होईन की विश्वसनीय यथार्थवादी कार्यक्रममा हामीले सार्वजानिक गर्नेछौँ । किनकी कुरा धेरै गर्ने काम कम हुने नेपालको राजनितिमा त्यो चलन चलेको हुनाले जति सकिन्छ, त्यति हामी गर्छौ र बोलेको कुरा पुरा गर्छौ । यो आधारमा हामीले चुनावमा जनतामा आशा जगाउँनुछ, स्रोतको उपायहरुको पनि खोजी गर्नुछ । सबै कुरा हामीले घोषणापत्रमा समावेश गर्नेछौँ । पुर्ण एकता छ काँग्रेस पार्टीमा । एक भएर, एक ढिक्का भएर हामीले आफ्नो उम्मेद्वारलाई विजयी बनाएर नेपाली काँग्रेसको सरकार बनाउने उदेश्यका साथ अगाडी बढेका छौँ ।’
प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै स्थानीय तह र वडा स्तरसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठनको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले पार्टीले निर्वाचन आयोगको आचारसंहिताको पूर्ण पालना गर्ने र पार्टीले पनि आन्तरिक आचारसंहिता बनाएर कडाइका साथ लागू गरेको बताउनु भयो । उहाँले पार्टीले प्रचार शैलीलाई मितव्ययी, प्रभावकारी र आधुनिक बनाइने पनि जानकारी दिनुभयो । काँग्रेसले समकालीन राजनीतिक, वैचारिक र नीतिगत विषयमा प्रत्येक दुई दिनमा ‘डबली संवाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । माघ १६ गते शहीद दिवसको अवसरबाट यो कार्यक्रम शुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । – न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
-
२.
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
-
५.
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
ट्रेन्डिङ
सम्बन्धित समाचार
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
काठमाडौं । भारतको नागरिक उड्डयन नियामक निकाय (डिजीसीए)ले हवाई टिकट फिर्ता र रद्दसम्बन्धी नियममा यात्रुहरूको हितमा महत्त्वपूर्ण परिवर्तन गरेको...
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार सम्पन्न खेलमा दक्षिण...
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
काठमाडौँ। नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको आम्दानी र यात्रु सङ्ख्या...
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...




