योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमा दफाबार छलफल
काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल भएको छ ।
आयुर्वेद शिक्षालाई राष्ट्रिय पहिचान र आवश्यकताअनुरुप विकास गरी आयुर्वेद शिक्षासम्बन्धी शिक्षालाई व्यवस्थित गर्न तत्कालीन सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक सदनमा पेश गरेका थिए ।
समितिको आजको बसेको बैठकमा सो विश्वविद्यालयको प्रकृति, संगठनात्मक संरचना, लगानी, अध्ययन अनुसन्धानका क्षेत्रलगायतका विषयमा सांसदहरुले धारणा राखे ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विधेयक अहिलेको आवश्यकता भएकाले संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने विचार व्यक्त गरे ।
पूर्वशिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पोखरेल, नेकपा (एमाले)का योगेश भट्टराई, सरिता न्यौपाने, नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले छलफलमा भाग लिएका थिए ।
समितिका सभापति जयपुरी घर्तीले विधेयकलाई संशोधनसहित अर्को बैठकले पारित गर्ने जानकारी दिएकी थिइन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




