मतदाता नामावली दर्ता गर्नेको संख्या बढ्दो
कावासोती । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वमा मतदाता नामावली दर्ता गर्नेको संख्या बढेको छ ।
कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको संख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए ।
स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो ।
सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मतदाता नामावली दर्ताका लागि सेवाग्राही आउने गरको कार्यालय प्रमुख भुसालले बताए ।
असारमा मात्रै जिल्लामा पाँच हजार २२२ नयाँ मतदाता थपिएका छन् । यस अवधिमा दुई हजार ६५८ महिला र दुई हजार ५६४ पुरुष मतदाता थपिएका छन् ।
यस्तै यसै अवधिमा ५८७ जनाको ठाउँसारी र ७४ जनाको सच्चाउने गरी ६६१ जनाको मतदाता नामावली अध्यावधिक गरिएको कार्यालय प्रमुख भुसालले बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
यी हुन् बालेन सरकारका १०० दिने १०० कार्यसूची
-
२.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
३.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
४.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
६.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




