अपांगता सुनिश्चित रोजगार अभियानमा जोड
काठमाडौं । फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ ।
अपांगता सुनिश्चित रोजगार अभियानअन्र्तगत ‘अपांगता समावेशी रोजगारका लागि सँगसँगै’ भन्ने नाराका साथ सो सम्मेलन आयोजना गरिएको होे ।
द लेप्रोसी मिशन नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा राष्ट्रिय अपांग महासंघ र नेपाल उद्योग वाणिज्य महासंगसँगको सहकार्यमा सञ्चालित रोजगारबिहिन अपांगता भएका व्यक्तिका लागि ऊर्जाशील अवसर (फाउण्ड) परियोजनाको आयोजनामा भएको सो सम्मेलनमा रोजगारदाता र रोजगारको खोजीमा रहेका फरक क्षमता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फरक क्षमता भएका व्यक्तिलाई समान रोजगारीको अवसर दिनु सबैको नैतिक जिम्मेवारी भएकाले सम्पूर्ण रोजगारदातालाई त्यस्ता व्यक्तिलाई रोजगारीको अवसरमा प्राथमिकता दिन आग्रह गरे ।
उनले महासंघको आगामी चैतमा हुने साधारणसभा अगावै कम्तिमा सय जना फरक क्षमता भएका व्यक्तिलाई रोजगारी प्रदान गरिने बताए ।द लेप्रोसी मिशन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कणेंलले १६६ वर्षअघि स्थापना भएको दि लेप्रोसी मिसन नेपालसहित विश्वका ३२ देशमा कुष्टरोगबाट अपांगता भएका व्यक्तिको पुर्नस्थापना र जीवनस्तर सुधार ल्याउने काममा क्रियाशील रहेको जानकारी दिए ।
उनले फरक क्षमता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न पहिलोपटक आयोजना गरिएको यस किसिमको सम्मेलन महत्वपूर्ण अवसर हुने बताए ।
सम्मेलनमा सहभागी रोजगारदाता कम्पनीका प्रतिनिधिले निजी क्षेत्र उद्योग व्यवसायबाट नाफा आर्जन गर्दैनन्, सामाजिक उत्तरदायित्वबाट पनि उत्तिकै प्रेरित छन् भन्ने पुष्टि गर्न रोजगारी सिर्जना गर्दा फरक क्षमताका व्यक्तिलाई पनि अवसर दिने प्रतिवद्धता जनाएका थिए ।
अपांगता भएका व्यक्तिहरुसँग असाधारण सीप र क्षमता रहने हुँदा कम्पनीलाई फाइदा हुने र व्यवसायलाई समावेशी बनाउन सकिने हुँदा आगामी दिनमा कामदारका रुपमा नियुक्त गर्दा उनीहरुलाई प्राथमिकता दिइने कम्पनीका प्रतिनिधिको सामूहिक भनाइ थियो ।
सम्मेलनमा कार्यस्थलमा अपांगता समावेशी तथा यस क्षेत्रमा हासिल गरिएका सफलता, चुनौती र अनुकरणीय उपायका अनुभव आदानप्रदान गरिनाका साथै अपाङ्गता समावेशी कार्यस्थल हुने गरी कम्पनीहरुको मानव संशाधन विभागको भूमिका र फाउण्ड परियोजनाका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
फाउण्ड परियोजनाले मोरङ, काठमाडौं, ललितपुर, रुपन्देही र कपिलवस्तुमा ११ परियोजनामार्फत रोजगारमूलक सीप र आत्मविश्वास जागृत गरी समावेशी रोजगारीको अभियानमा काम गर्दै आएको छ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




