‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई युवापुस्ताले अनुशरण गर्नुपर्छ’
काठमाडौं । धार्मिक भ्रमण तथा छिमेकी जिल्लाका वृद्धवृद्धासँग भेटघाट गर्ने क्रममा दिक्तेल आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिकले खोटाङका जेष्ठ नागरिकसँग भेटघाट गर्नुका साथै आपसी अनुभव आदान-प्रदान गरेका छन् ।
दिक्तेल बजारस्थित पर्यटकीयस्थल मझुवागढीसँगै रहेको कालिका भगवती मन्दिरको दर्शन गर्न उनीहरु दिक्तेल आइपुगेका हुन् ।
ज्येष्ठ नागरिक संघले दिक्तेलस्थित आफ्नै कार्यालयको प्राङ्गणमा स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ-आफ्नो जिल्लामा भए÷गरेका कामको प्रगतिका बारेमा एकअर्काले जानकारी गराएका थिए ।
कार्यक्रममा आ-आफ्नो जिल्लाको संस्थागत काम तथा प्रगतिका बारेमा जानकारी दिँदै अनुभव बाँडिएको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरेले बताए ।
“ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई युवापुस्ताले अनुशरण गर्ने प्रणाली नभएको पाइयो”, उनले भन्नुभयो, “पार्टीको नेतृत्वदेखि जनप्रतिनिधि चयनका क्रममा युवाभन्दा वृद्धवृद्धाको महत्वपूर्ण हात रहने हुन्छ । हामीले यसलाई भोट देउ, यसलाई नदेउ भनियो भने हामी हराउँछौँ पनि जिताउँछौँ पनि । निर्णायक शक्ति त वृद्धवृद्धा हो । देश विकास गर्न युवापुस्ताले वृद्धवृद्धाको ज्ञान, सीप र अनुभवलाई अनुशरण गर्न आवश्यक छ ।”
दुई जिल्लाका ज्येष्ठ नागरिकबीचमा यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभरि विवाह नगरी बसेका वृद्ध र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिदुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दै आएको विषयमा समेत चर्चा चलाइएको थियो ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका वडाध्यक्ष नवराज राई, वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेलगायतको उपस्थिति थियोे ।
ओखलढुंगाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपप्रमुख बस्नेतसहित १४ ज्येष्ठ नागरिक सहभागी थिए । सोलुखुम्बु, सङ्खुवासभा हुँदै खोटाङ आइपुगेको सो टोलीले शनिबार बिहान दिक्तेलस्थित कालिका भगवती मन्दिरको दर्शन गरेका छन् ।
विसं २०७० मा गठन भएको ज्येष्ठ नागरिक संघ खोटाङमा आवद्ध वृद्धवृद्धा जिल्लामा हुने भ्रष्टचार, कुरीति, ढिलासुस्ती, कालोबजारीलगायतका विषयमा एकजुट भएर सम्बन्धित निकायमा खबरदारीसमेत गर्दै आएका छन् ।
स्थानीय दुर्गाप्रसाद घिमिरेको नेतृत्वमा गठित ज्येष्ठ नागरिक संघमा जिल्लाका ३७१ वृद्धवृद्धा आजीवन सदस्य छन् ।संघले करिब दुई वर्ष लगाएर रु २१ लाख लगानीमा दिवासेवा केन्द्र भवनसमेत निर्माण गरेका छन् ।
चन्दा र्सकलन, देउसी/भैलो तथा दातृ निकायको आर्थिक सहयोगमा निर्माण गरिएको दिवासेवा केन्द्रको भवनलाई सुरक्षित बनाउन नगरपालिकाको रु १५ लाख लगानीमा घेराबार र प्रवेशद्धार निर्माण गरिएको छ ।
ज्येष्ठ नागरिक तथा बालमैत्री शौचालयसमेत रहेको संघको दुईतले पक्की भवन भवनगैरास्थित कर्मामन्दिर नजिकै हुलाकडाँडामा छ । गर्मी मौसममा बढी घाम लाग्दा र वर्षात्को समयमा पानी पर्दा ओत लाग्न मिल्ने गरी आफ्नै लगानीमा भवन निर्माण गरिएको ज्येष्ठ नागरिक संघले जनाएको छ ।
ज्येष्ठ नागरिकबीच भेटघाट गर्न र अनुभव आदान–प्रदान गर्न आफ्नै भवन निर्माण गरेर दिवासेवा केन्द्र स्थापना गरिएको संघका अध्यक्ष घिमिरेले बताए।
“दिवासेवा केन्द्र सञ्चालन गरेपछि जिल्लाका अधिकांश ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमै दिन कटाउन जम्मा हुने गरेका छन्”, उनले भने, “ज्येष्ठ नागरिकलाई घरमा दिन बिताउन गाह्रो हुने भएकाले उनीहरूका लागि दिवासेवा सुख, दुःखको अनुभव साटासाट गरे दिन बिताउने थलो बनेको छ ।”
केन्द्रमा भेला हुने ज्येष्ठ नागरिक घाम मात्र तापेर बस्दैनन् । आ-आफ्नो नामको गमलामा पानी हाल्छन्, भजन गाउँछन्, महाभारत, गीता, स्वस्थानीलगायत विभिन्न धार्मिक ग्रन्थमा आधारित किताब पढ्छन्, कथा सुनाउँछन् र ऐतिहासिक कुरा गरेर दिन बिताउँछन् ।
दिवासेवा केन्द्रमा रोपिएको फूलको गमलैपिच्छे फूल रोप्ने व्यक्तिको नाम र ठेगाना उल्लेख गरिएको छ । केन्द्रमा नाच्ने, गाउने धेरै जना हुने भएकाले केन्द्रमा भेला हुने वृद्धवृद्धा खुसी र तनावरहित देखिन्छन् ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
बालेनले पनि गर्नुभयो मतदान
काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...
रविले गर्नुभयो मतदान
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...
रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...
के आज पानी पर्छ?
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...




