प्रमुख खवर

सभापति देउवाद्वारा पन्थीको निधनप्रति दुःख व्यक्त

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खगेश्वर पन्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका ८३ वर्षीय पिता खगेश्वरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

सभापति देउवाले स्व पन्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चीरशान्तिको कामना एवं जिल्ला सभापति पन्थीलगायत समस्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।

पन्थीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा यही साउन ४ गते निधन भएको हो । स्व पन्थी साविक नेपाली कांग्रेस अर्थले गाउँ कार्यसमितिका पूर्वकोषाध्यक्ष थिए ।

सामाजिक क्षेत्रमा संलग्न रहँदै आएका स्व पन्थीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गएको कांग्रेसले जनाएको छ । पन्थीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको मुख्यसचिव पौडेलद्वारा जारी शोक विज्ञप्तीमा भनिएको छ

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...