प्रमुख खवर

चौबीस घण्टामा थपिए ६३८ कोरोना संक्रमित, थप दुई जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६३८ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ५५ को नमूना परीक्षण गरिएको थियो । दुई हजार २१५ ले पिसिआर र दुई हजार ८४० को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार ८०२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ५७ हजार ८७८ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५९ पुगेको छ । होम आइसोलेसनमा तीन हजार ५८१, संस्थागत आइसोलेसनमा १३३, आइसियुमा ३० र भेण्टिलेटरमा एक जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौं र २ सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर तथा मोरङ रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, जाजरकोट, कालीकोट, मुगु, हुम्ला र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार ४०, ललितपुर ३८१ र भक्तपुरमा ८४ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...