एक वर्षमा नौ लाख मूल्यका खाद्य वस्तु नष्ट
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा रु नौ लाख मूल्य बढीका म्याद गुज्रेका खाद्य वस्तु नष्ट गरेको छ । सो अवधिमा उक्त कार्यालयले दलहन, मिठाइ, पेय पदार्थ, मसला, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफी, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दाना नष्ट गरेको हो ।
कार्यालयले कार्यक्षेत्रअन्तर्गत पर्ने सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा र हुम्लाका विभिन्न बजारबाट रु नौ लाख १० हजार चार सय ६३ मूल्य बराबरका खाद्य वस्तु नष्ट गरेको जनाएको छ । डिभिजन कार्यालयले गत आवमा एक सय ३१ पटक बजार अनुगमन गरेको थियो ।
कार्यालयले खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमनका साथै कारबाहीका लागि प्राविधिक सहयोग गर्ने गर्दछ । उक्त अवधिमा सात उद्योगलाई कारबाही सिफारिस गरिएको थियो ।
कार्यालय प्रमुख भेषबहादुर थापाले बजारमा म्याद गुज्रेका, मिसावट गरेका र सडेगलेका सामानसमेत बिक्री गर्ने गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनबमोजिम कारबाही गरिएको जानकारी दिए । “पहिलोपटक अखाद्य वस्तु नष्ट गर्ने र व्यवसायीलाई सचेत गराउने गरेका छौँ”, उनले भने, “ग्रामीण क्षेत्रमा म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री बढी हुने गरेको पाइयो, अनुगमन बढाएपछि बजारमा केही सुधारका सङ्केत पनि देखिएका छन् ।”
उनका अनुसार होटल तथा रेष्टुराँको अनुगमन ५३ पटक, खाद्य उद्योगको ८० पटक र दाना उद्योगको छ पटक तथा दूध, तेल र पानी उद्योगमा २४ पटक अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ४६ खाद्य वस्तु र पाँच दाना उद्योगबाट नमूना सङ्कलन गरिएको थियो । गत आवमा होटलमा लोगो स्तरीकरण र नवीकरणसम्बन्धी कार्य पनि सम्पन्न भएको छ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




