मुख्य समाचार

रास्वपा लगायतका नयाँ दलहरू नालायक छन् : घनश्याम भुसाल

काठमाडौँ। नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरू नालायक भएको दावी गर्नुभएको छ।

शुक्रवार विराटनगरमा स्थानीय सञ्चारकर्मीमाझ उहाँले यस्तो दाबी गर्नुभएको हो। कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरूले मुलुकमा संकट निम्त्याएको बताउँदै नयाँ भनिएका दलहरूमा त्यो संकट समाधान गर्न क्षमता नभएकाले मुलुक दुर्घटनातर्फ उन्मुख रहेको बताउनुभयो।

उहाँले नयाँ राजनीतिक दलहरू नालायक भएकाले यसबाट पनि जनताले कुनै पनि खालको अपेक्षा गर्ने अवस्था नभएको तर्क गर्नुभयो।

भुसालले भन्नुभयो,‘मैले राजनीतिक रूपमा मात्रै भन्छु- पुराना पार्टीहरु, जो दलाल पुँजीवादीसँग, बिचौलियातन्त्रसँग उनीहरूले लगनगाँठो गाँसेका थिए। त्यो संकट जेनजीका रूपमा आएको हो। यी पार्टीहरूबाट हामीले अपेक्षा गर्ने अवस्था भएन। यसबाट भएन भने लायकहरू त कोही न कोही आउनुपर्थ्यो। नयाँहरू पनि नालायक भए। तिनीसँग पनि विचार छैन, एजेण्डा छैन। यसकारण मुलुकमा हुने त दुर्घटना नै हो।’

कार्यवाहक अध्यक्ष भुसालले पुराना दलहरूले दलाल पुँजीवादीहरूको सेवा गरेकाले त्यसका विरुद्ध जेनजी आन्दोलन भएको बताउनुभयो

सम्बन्धित समाचार

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति

काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो

इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी

काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...