सञ्चारमन्त्री कार्कीद्वारा गुनासो नआउने गरी काम गर्न निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रायलले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकरवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मन्त्रालयको साख उच्च हुने र जनताको गुनासो नआउने गरी काम गर्न मन्त्रालयअन्तगर्तका निकायका प्रमुखलाई निर्देशन दिए ।
सूचना प्रविधिको प्रयोगलाई उच्च महत्वका साथ टेलिफोन तथा इन्टरनेट सेवालाई व्यावहारिक रुपमै सर्भसुलभ, भरपर्दो र सर्वसाधारण पहुँचयोग्य बनाउने सरकारको योजना रहेको सुनाउँदै सरकारका प्रवक्ता कार्कीले पछिल्लो समयमा मन्त्रालयले सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्ने गरी कार्ययोजना बनाइरहेको र ती योजना कार्यान्वयन भइसकेपछि मन्त्रालयको साख अझै उच्च हुने विश्वास व्यक्त गरे ।
आव २०७८र७९ बारे मन्त्री कार्कीले भने, “हामीले अहिलेसम्म राम्रै गरेका छौँ, मन्त्रालयअन्तर्गत सबै निकायको कामबाट हामी असन्तोष हुनुपर्ने अवस्था छैन, तर यतिमै सन्तोष हुने हो भने जनताले अपेक्षा गरेअनुसार लक्ष्यमा पुग्न सक्दैनौँ, अब त्यतातर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ ।”
संस्थालाई अगाडि बढाउन नेतृत्वले ‘मोटिभेसन’ गर्नुपर्नेमा जोड दिँदै उनले सुशासन, पारदर्शिता र जवाफदेहीता कायम राखेर सबैलाई जिम्मेवारीका साथ अगाडी बढ्नसमेत निर्देशन दिए । गत आवमा १२२ माइलस्टोन योजना तोकेकोमा ६७ माइलस्टोन पूर्ण रुपमा कार्यान्वयन भएको, ४३ वटा माइलस्टोन योजना कार्यसम्पन्न हुने दिशामा अग्रसर भएको र ३२ माइलस्टोनहरु सुरु नै नभएको अवस्था रहेको मन्त्री कार्कीको भनाइ छ ।
४२ वटा माइलस्टोनमा किन अपेक्षित सफलता हासिल हुन सकेन, ३२ वटा किन सुरु नै भएन भन्ने बारेमा समीक्षा गर्नुपर्नेमा मन्त्री कार्कीले जोड दिए ।उनले भने, “हामीले योजनालाई अगाडि बढाउनका लागि कहाँ-कहाँ समस्या छन्, ती समस्यालाई समाधान गर्न सकेनौँ भने सधैँ हामी यस्तै समीक्षा बैठक गर्नेछौँ र यो मन्त्रालयले गर्न खोजेको काम फलानो अन्त्रालयले अवरोध गरेका कारण हामी अगाडी बढ्न सकेनौँ भन्ने कुरा हुन्छ, त्यसले गर्दा नीतिगत रुपमै त्यसलाई समाधान नगरिकन हाम्रो गति तेजीका साथ अगाडि बढ्न सक्दैन ।”
मन्त्री कार्कीले मितव्ययिता अपनाउँदै पूँजीगत खर्चमा वृद्धि गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा अगाडि बढ्न निर्देशन दिँदै हुलाक सेवाको आवश्यकताअनुसार अमयानुकूल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गए ।
उनले भने, “गोरखापत्रको भवन बनाउनुपर्ने आवश्यकता छ, र त्यसको निमित्त बजेट तर्जुमा गर्ने कुरामा मन्त्रालयको ध्यान पुगेको छ, चलचित्र क्षेत्र पनि त्यतिकै महत्वपूर्ण छ, चलचित्र क्षेत्रलाई हाम्रो देशका हरेक कुनाकाप्चा हामी जहाँ जाहुँ, त्यहाँ पूर्वाधारमै मात्रै विकास गर्न सकियो भने हरेक क्षेत्र फिल्मि सुटिङका लागि इफक्टिभ क्षेत्र हुन्छ, भाषाको हिसाबले संस्कृतिको हिसाबले, भूगोलको हिसाबले इफेक्टिभ हुन्छ, यी सबै क्षेत्रको महत्वलाई बुझेर अगाडी बढाउनुपर्ने अहिले हामीसँग अपेक्षा छ, त्यो अपेक्षा पूरा गर्न सबै लाग्नुपर्ने छ ।”
राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले सञ्चार क्षेत्रलाई लैङ्गिक समानताको मुद्दा समावेश गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले जुन काम जुन त्रैमासिकमा सकिनुपर्ने हो त्यही त्रैमासिकमा सम्पन्न गर्ने गरी आगामी आवको योजना बनाउन निकायका प्रमुखलाई निर्देशन दिए ।
राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले राससले २०५३ सालसम्मको आर्काइभको काम सकिसकेको र आगामी आवभित्रमा आर्काइभको सम्पूर्ण कार्य सम्पन्न गर्ने जानकारी दिए ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




