भूमि आयोग र स्थानीय तहबीच सहकार्य
काठमाडौं । भूमिहीनलाई भूमि उपलब्ध गराउन र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न कार्यक्रम शुभारम्भ गरिएको छ ।
राष्ट्रिय भूमि आयोग र यहाँका स्थानीय तहबीच कार्यसहमतिपत्रमा हस्तक्षर सम्पन्न भएसँगै कार्यक्रम शुभारम्भ भएको हो । हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहले उक्त पत्रमा हस्तक्षर गरेका छन् ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको काम गरी भूमि उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिको आयोजनामा आइतबार चौतारामा कार्यक्रम गरिएको हो ।
आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र स्थानीय तहका प्रमुख, अध्यक्ष/उपप्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको उपस्थित कार्यपत्रमा हस्तक्षर भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष झम्कप्रसाद पराजुलीले जानकारी दिए । सिन्धुपाल्चोकका भूमिहीन दलित, सुकुम्बासीलाई नियमानुसार जग्गा वितरण र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बसोबासको व्यवस्थापन गराउन बाटो खुलेको उनले जानकारी दिए ।
कृषि र आवास निमार्णका लागि उक्त समुदायलाई जग्गा वितरण गर्ने कामको प्रक्रिया अघि बढेको पनि उनले बताए । जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कति छन् भन्ने आयोगले तथ्यांक संकलन गर्न लागेको जनाइएको छ ।
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




