सबै काम पूरा गर्न सकिन होला तर बिगारेको केही छैनः महामन्त्री पौडेल
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाज सबैभन्दा बढी काँग्रेसले आत्मसात गरेको दाबी गर्नुभएको छ । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसमक्षको भेटघाट कार्यक्रमाा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजकता मात्रै भएको दाबी आफूहरुले नगरेको भन्दै युवा पुस्ताको आन्दोलनलाई आफूहरुले आत्मसात गरेको जिकिर गर्नुभयो । महामन्त्री पौडेलले सुशासन सबै नेपाली जनताले चाहेको भन्दै नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु नहुने बताउनुभयो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको उहाँको दाबी छ ।
आफूले गत निर्वाचनमा बोलेका सबै कुरा गर्न नसके पनि कुनै नराम्रो काम नगरेको बताउनु भयो । सरकारमा रहेर आफूले समस्या र समाधानका उपायहरु केलाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘भदौ २३ र २४ को जेन–जी आन्दोलनमा अराजकता मात्रै भयो हामीले भनेका छैनौँ । त्यहाँ राजनीतिक विषय थिएन भनेर हामीले भनेका छैनौँ । एउटा पुस्ताको नाममा आन्दोलन भयो तर त्यो पुस्ताले सम्पूर्ण नेपालीको विषय उठाएको थियो । सुशासन सबै नेपाली जनताले चाहेको कुरा हो । अति राजनीतिकरणको अन्त्य सबैले भनेको विषय हो । नागरिक स्वतन्त्रता उपयोग गर्ने कुरामा कतै बन्देज हुनु हुँदैन त्यो हामी सबैले चाहेको विषय हो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दा सबैभन्दा बढी नेपाली काँग्रेसले आत्मसात गरेको छ । भदौ २३ र २४ लाई सबैभन्दा बढी नेपाली काँग्रेसले सुनेको छ। त्यही सुनेर हामीप्रति पनि खबरदारी भएको हो भने आफैँलाई परिमार्जन गरेर अघि बढिरहेका छौँ । त्यसैले युवा पुस्ताको आवाज सुन्ने सवालमा पनि नेपाली काँग्रेसले तम्तयार पारेर अघि लगेको छ । मैले सबै काम गरेँ म भन्दिनँ । कतिपय जति प्रभवकारिता प्रश्तुत गर्न सक्नुपर्दथ्यो, त्यो सकिँदो रहेनछ । कतिपय कुराहरु अनुभवले पनि सिकाउने रहेछ । आज राज्य प्रणालीलाई शत प्रतिशत बुझेको छु भन्दित तर सबै पक्षबाट पहिला भन्दा राम्रोसँग बुझेको छु । सुधार कहाँ कहाँ गर्नुपर्ने हो, समाधान के हो भन्नेमा म स्पष्ट छु ।मैले पहिला सबै गरेँ भन्दिनँ तर मैले केही बिगारेको छैन ।’
महामन्त्री पौडेलले यसअघि जिताउँदा बेलाको जस्तै आफू अहिले पनि त्यस्तै रहेको बताउनु भयो । आफूप्रतिको विश्वास आगमी निर्वाचनमा पनि गरिदिन आग्रह गर्नुभयो । उहाँले नयाँ पन खोजिएको अवस्थामा नयाँ फेरिने मात्रै नभइ परिणाम सकारात्मक खोजिएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
काठमाडौं। जनकपुरधामस्थित इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको छ। शनिबार जनकपुरधामको मिल्स एरियास्थित दुर्गा ट्रेडलिंक पसलमा...
साउदीमा इरानको आक्रमणबाट घाइते अमेरिकी सैनिकको संख्या १२ पुग्यो
इरानले शनिबार साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा आक्रमण गरेको छ। बीबीसीको अमेरिकी मिडिया पार्टनर सीबीएस न्युजले स्रोतलाई उद्धृत...
घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी
काठमाडौं। काठमाडौँको घण्टाघरस्थित थकाली रेस्टुरन्टमा आगलागी भएको छ। शनिबार दिउँसो त्रिचन्द कलेज नजिकै रहेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगो...
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...




